काठमाण्डौँ। सिन्धुपाल्चोकको ६ किलोमा बा २ च ६९६५ नंम्बरको जिप दुर्घटना हुदा सात यात्रु घाईते भएका छन् ।
गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि जीप दुर्घटनामा परेको हो ।
जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
प्रहरी कार्यालय बाह्रबीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ ।
0 Comments