Subscribe Us

दुई किलो सुन सहित भारतीय नागरिक नेपालमा पक्राउ

काठमाडौं ।  दुई किलो सुनसहित दुई भारतीय नागरीक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सुरेशलाल भारत र नविन गोपिचन्द्र रहेका छन्। एयर अरेवियामा युएईको सार्जाबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ६ वटा क्याप्सुल जस्तो देखिने वस्तु बरामद गरेको छ। उक्त क्याप्सुल जाँच गर्दा सुन पत्ता लागेको प्रहरीले जनाएको छ।

हिजो मात्रै प्रहरीले १ किलो सुनसहित कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटमा सुन बरामद गरेको थियो।

यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments