Subscribe Us

जेल कि फूली ? एआईजी सिफारिस सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । पदीय हैसियतको दुरुपयोग गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी प्राविधिकतर्फकी डा. डिआईजी आशा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पाउँदै नपाएको पदकको दुरुपयोग गरेको उजुरी आयोगमा दर्ता छ । डा. सिंहले गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्र संघको मेडलको दुरुपयोग गरेको ठहर गर्दै त्यसको छानबिनका साथै आवश्यक कारवाहीको माग उजुरीमा गरिएको छ ।

डा. सिंहको बिभिन्न कार्यक्रममा खिचिएका सयौं फोटो तथा भिडियोबाट उनको पोशाकमा उक्त गोदबा र यूयन मेडल झुण्डिएको देख्न सकिन्छ । जुन मेडल उनले नपाएको जिकिर उजुरीमा गरिएको छ ।
डा. सिंहलाई १४ पुसमा एआईजीमा बढुवा सिफारिस गरिएको थियो । उनको सिफारिससँगै अर्का प्रतिस्पर्धी डा.मिनराज पाठकले लोक सेवा आगोयमा बढुवा समीति उपर उजुरी दिएका छन् । लोकसेवाबाट पनि सोमवारसम्म यसको नतिजा सार्वजनिक भएको छैन ।

उता डा. सिंहविरुद्ध २७ पुसमा आयोगमा उजुरी परेको थियो । डा. सिंहले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी नभए यूएनको तक्मा र राष्ट्र प्रमुखबाट पाउनु पर्ने गोरखा दक्षीण बाहु (गोदाब)लगाएको भेटिएको थियो ।
प्रहरी प्रवक्ता शैलेश थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए । यो बिषयमा छानबिन र आबश्यक कारवाही हुने उनले जानकारी दिएका छन् ।
सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ ।

डिआईजी हुँदा सिंहले पदक लगाएको फोटो राखेकी छिन् भने एसएसपी हुँदा उक्त पदक लगाएको भेटिँदैन र डिआईजी भएपछि सिंहले युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिन)को कुनै पनि मिसनमा भाग लिएकी छैनन् ।

सार्वजनिक पदमा बसेर सरकारी तथा अन्तराष्ट्रिय
चिन्हको दुरुपयोग गरेको हुँदा डाक्टर सिंहलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

अख्तियारमा परेको उजुरीमा डा. सिंहले संलग्न नै नभएको अन्तर्राष्ट्रिय मिसनबाट प्राप्त हुने रिवन प्रयोग गरेको फोटो र सिंहले पाउँदै नपाएको तक्मा प्रयोग गरेको अवस्थामा खिचिएको भिडियो समेत पेश गरिएको स्रोतको दाबी छ ।
जुन अपराधमा सिंहलाई दुई बर्षसम्म कैद र एक लाख रुपैंयासम्म जरिवाना हुन सक्छ । उनको यो हर्कतले बढुवा सिफारिस समेत विवादमा परेको छ । स्रोतका अनुसार उनले यो चिन्हको तिन बषौंदेखि दुरुपयोग गर्दै आएकी छिन् ।

Post a Comment

0 Comments