Subscribe Us

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)


काठमाडौँ, १६ जेठ । नेपाल यातायात मजदूर सङ्घले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका मजदूरलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ मा देशभर बन्दाबन्दी भएको अवस्थामा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदूरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।


“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदूरलाई  कोरोना निःशुल्क परिक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,”–उहाँले भन्नुभयो ।

सङ्घले अत्यावश्यक सेवामा कार्यरत यातायात मजदूरलाई कोरोना सङ्क्रमण हुने वित्तिकै पाउने गरी सरकारबाट रु दुईलाखको बिमा गर्ने व्यवस्था गर्न माग गरेको छ ।


अध्यक्ष भण्डारीले यातायात मजदूरको कार्यस्थलमा मृत्यु भएको खण्डमा उपदानसहितको पर्याप्त क्षतिपूर्ती तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सरकारले सबैखाले स्वास्थ्य तथा सुरक्षाको उपायका बारेमा कार्ययोजना तथा प्रक्रिया निर्माणको क्रममा मजदूरसँग परामर्श तथा सहभागिता सुनिश्चितता गर्नुपर्ने बताएको छ ।

सङ्घले मुलुकको यस विषम परिस्थितीमा  यातायात मन्त्रालयको समन्वयनमा यातायात व्यवसायी, यातायात क्षेत्रको ट्रेड युनियनलगायतको सहभागीतामा सङ्घीय स्तरमा तथा प्रदेशमा प्रदेश स्तरिय समिति गठन गर्न माग समेत गरेको छ ।


Post a Comment

0 Comments