Subscribe Us

बर्थडे पार्टीमा सपिङ गर्न अर्पणसँग हङकङ जान्थिन् खुश्बु,
२० हजार पाउण्ड ठगेको रहस्य

अर्पणसँग जन्मदिन पार्टी मनाउँदै खुश्वु
चरी  ईन्काउन्टर काण्डमा अर्पण कोईराला, ईन्सपेक्टर कुमोद ढुंगेल र डीएसपी प्रजित केसी बिरुद्ध किन दोष लगाउदै छिन्  खुश्बु ओली ? बर्थडे पार्टीमा सपिङ गर्न अर्पणसँग जान्थिन् खुश्बु हङ्कङ । खुश्बुलाई भाउजु भन्दथे डन चरी । अर्पणको सम्पत्ती लुटेपछि सेफ हुन चरीसँग  लागेकी थिईन् खुश्बु । अक्सफोर्ड युनिभर्सिटीमा स्कलरसिपमा पढेकी थिईन उनले । जसले खुश्बुलाई स्कलरसिपमा पढाउन सहयोग ग-योे उसैैको २० हजार पाउण्ड ठगेकी छिन् खुश्बुले ।



काठमाडौं । बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर आफू सम्पन्न परिवारको छोरी दाबी गर्ने खुश्बु ओली अहिले चर्चाको शिखरमा  छिन् । गुण्डाका नाईके दिनेश अधिकारी ‘चरी’ को प्रहरी मुठभेडमा मृत्यु भएपछि खुश्बु भने प्रहरीका ईन्सपेक्टर कुमोद ढुंगेल र भुपू पे्रमि अर्पण कोईरालालाई दोष लगाउदै चर्चा बटुल्न थालेकी छिन् । नेपालमा प्लस वन फेल भएपछि खुश्बुलाई अर्पणले पुतलीसडकस्थित एसि कन्सल्टेसीको सहयोगमा बेलायतको भिसा लगाएका थिए । त्यतिबेला अर्पण ब्यापारको सिलसिलामा बेलायत जाने र आउने गर्दथे ।

 अर्पणको फ्ल्याटमा बसेर उच्च सिक्षा हासिल गर्न सफल भएकी खुश्बु अहिले अर्पणलाई आफूले सुधारेको दाबी गर्न थालकी छिन् । दुई बर्षसम्म अपर्णस“गै खुश्बु बेलायतमा 'लिभिङ टुगेदर' रहेकी थिईन् । अर्पणकै सम्पत्तीमा मोजमस्ति गर्ने खुश्बुले हरेक बर्ष बर्थडेमा लाखौ रुपैंया खर्च गर्दै आएकी थिईन् तर यसपाली पैसाको अभाबले घर मै मनाएकी थिईन् । गत साल खुश्बुको बर्थडे पार्टी दरबारमार्गको प्लाटुनम डिस्कोमा भएको थियो । जसको सम्पूर्ण खर्च अपर्णले ब्यहोरेका थिए । अर्पण मार्फत चिनजान भएका  बेलायती नागरिक रोबट डंकनले खुश्बुलाई अक्सफोर्ड युनिभर्सिटीमा स्कलरसिप मिलाईदिएका थिए ।

 तर खुश्बु अहिले मिडीयालाई अन्तबार्ता दिदै बाबुको सम्पत्तीले पढेको दाबी गर्दै आफू सम्पन्न परिवारको छोरी भएको भ्रम छर्न थालेकी छिन् । बिभिन्न ब्यक्तिहरुस“ग पैसा सापट लिने अनि अपर्णलाई तिर्न बाध्य बनाउने खुश्बु अर्पण टाट पल्टिएपछि चरीस“ग लागेको उनी निकट स्रोत बताउंछ । खुश्बुका कारण अर्पणले आफ्नो बिजुली बजारको पुरखौली घरसम्मपनि बा“कि राखेनन् । अर्पणको घरमासमेत खुश्बुलाई बुहारीको नामले सम्बोधन गर्थे र खुश्बुले अर्पणको बुबा आमाललाई सासु ससुरा भनेर सम्बोधन गर्थिन । अर्पणले खुश्बुका आमा बुबालाईसमेत बेलायत घुम्न लगेका थिए । अपर्ण टाट पल्टीएपछि भग्सवागेनको महंगो जिपमा सवार हुने र अर्पणलाई दाईको नामले सम्बोधन गर्ने युवासंग खुश्बुको  मायापिरती गांसिन पुग्यो ।

 उनै युवा थिए ‘डन चरी’ । चरीलाई पछिल्लो समय खुश्वुले ठगी धन्दामा प्रयोग गर्ने थालेकी थिईन् । जसका कारण चरीको बजारमा तिन करोड भन्दा बढी पैसा उनले तिर्न बांकि छ । असिमीत इच्छा पूर्ति गर्न खुश्बुले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने र सो रकम तिर्न अर्पणलाई झै चरीलाई बाध्य बनाउन थालेपछि चरी बिस्तारै उनिस“ग टाढिन थालेको चरी निकट स्रोत बताउंछ । चरीलाई धार बनाएर खुश्बुले आफ्नो ‘स्ट्यान्डर मेन्टेन’ गर्दै आएकी थिइन ।

 मायाँको जालो बुनेर अर्पणको सम्पत्ति उडाएपछि डन चरीसँग नजिकिन पुगेकी खुश्बुको महत्वकांक्षामा चरीको असुली धन्दाबाट थुपारेको कालो धनले नभ्याएपछि  चरी गोठाटार तिर बस्ने एमबिबिएस पढ्दै गरेकी एक युबतीसंग अफेयर चलाउन थालेका थिए । दुई साता देखि गोदावरी बस्दै आएका चरी त्यहां पनि उक्त युबतीसंगै थिए । चरीको अन्तिम रात तिनै युबतीस“ग गोदावरीको एक रिसोर्टमा बितेको थियो । मिठो स्वरकी धनीका साथै रुपकी रानी भनेर चिनिने खुश्बुले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

            डिएसपी केसी र ईन्सपेक्टर ढुंगेललाई किन पोलिन खुश्बुले

समाजिक सञ्जाल फेसबुकमा नेपालि नायिकाको नाममा फेक एकाउण्ट खोल्दा खुश्बु दुई बर्ष अघि डिएसपी प्रजित केसीको फन्दामा परेकी थिईन् । नायिका माल्लिका सुब्बा र मोडल स्मृति ब्रजाचार्यको नाममा खुश्बुले फेक एकाउण्ट खोलेर दुरुपयोग गरेको उजुरीको आधारमा खुश्बुलाई डीएसपी केसीले पक्राउ गरेका थिए । नायिका सुब्बा र ब्रजाचार्यस“ग माफि मगाएर खुश्बु हिरासत मुक्त भइकी थिईन् ।

 खुश्बुको संगतले प्रहरीका एसएसपी भोगबहादुर थापाकी छोरी रक्षा थापासमेत फसेकी थिईन् । खुश्बुलाई पक्राउ गरेको रिस अहिले उनले डिएसपी केसीलाई फेरेकी हुन । त्यस्तै उनले चरी हत्यामा ईन्सपेक्टर कुमोद ढुंगेललाई  मुछ्नुको कारण पनि उस्तै छ । चरीले चढमेको गाडिको पैसा नतिरेपछि ललितपूरका ब्यापारी राजन श्रेष्ठले प्रहरीमा गाडी तानिदिन निबेदन दिएका थिए ।

 सो गाडी ढुंगेलले पक्राउ गरी ब्यापारीलाई फिर्ता गरेको कारण एक हो भने अर्को चंडोलस्थित खुश्वुको घरबाट अर्पणको गाडी जफत गर्नु हो । प्रहरीले गाडि बरामद गरेरे हनुमानढोका ल्याएको पनि थियो । तर खुश्वुले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी रमेश खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए । गाडि तानेपछि ढुंगेलसँग रुष्ट बनेकी खुश्बुले चरी काण्डमा रिस फेरेको प्रहरीमा चर्चा छ ।

Post a Comment

0 Comments