Subscribe Us

एनआईडीसीका अवैध सिइओको अदालतमा चलखेल

काठमाडौं । बैकिङ कसुरमा कारवाही भोगेका एनआइडीसी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका शिवजी राय यादवले आप्mनो पद धरापमा परेपछि एजेन्टहरु प्रयोग गरी अदालतमा समेत चलखेल गर्न थालेका छन् । उनी बैंकिङ कसुरमा कारबाही भोगी धरौटीमा छुटेका थिए । असोज २३ गते पुनरावेदन अदालत ललितपुरको बाणिज्य इजलाशमा पेसी तोकीएका रायले अहिलेदेखि नै एजेन्टहरुमार्फत अदालतमा चलखेल गरी मुद्दालाई प्रभावित पार्न षड्यन्त्र रचेको कुरा बाहिर आएको छ । नेपाल राष्ट्र बैंकको नियममा बैंकिङ कसुरमा कारबाहीमा परेको वा कालोसूचीमा परेको व्यक्तिलाई सजाय पाएको ३ बर्Èसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने उल्लेख छ ।

 तर, एउटा संस्थामा कारवाही परेर हटेको व्यक्ति अर्को संस्थामा झनै बोर्ड र व्यवस्थापन दुबै निकायमा काम गरिरहँदा पनि राष्ट्र बैंक आपैm मौन बसेको छ । सामान्य घुस खाएको अभियोग लागेको व्यक्ति मुद्दा चल्नासाथ तत्काल निलम्बन हुन्छन् । तर ११ करोड भन्दा बढीको घोटलाको अभियोग लागेर अदालतमा मुद्दा खेपिरहेका राय अझै पदमा छन् । रायले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) को कारबाही पछि उक्त पद छाड्नु पर्ने हो । तर  उनले नेम प्लेट नै राखेर काम गरिरहेका छन् । राष्ट्र बैंक विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाली उनी पदमा बसिरहेकोसमेत खुलेको छ । उनका कारण अधिकांश कर्जा जोखिममा परेका छन् । व्यापारी राजाराम बानियाँ Ôेत्रीलाई ८ करोड ऋण प्रवाह गरेर रायले ८० लाख कमिशन खाएका थिए ।

स्रोतका अनुसार रायले मुद्दा मिलाउनका लागि सुन तस्करीमा मुछिएका दिपक मलहोत्रा, कांग्रेस सभासद् अम्रेसकुमार सिंह र पूर्व एआईजी कल्याण तिमिल्सिनासँग मिटिङ गरी अदालतमा सेटिङ मिलाउने षड्यन्त्र गरिरहेका छन् । उनको सिइओ पदको म्याद २०७० भदौ १ गते नै समाप्त भइसकेको थियो । तर एक वर्षसम्म उनी अवैध रुपमा बैंकमा सिइओको हैसियतमा काम गरिरहेका छन् भने अर्थमन्त्री डा. रामशरण महतले पिए रमेश महत मार्फत रायसँग आर्थिक चलखेल गरी सिइओकै रुपमा काम गर्न निर्देशन दिइ कानुनको धज्जी उडाउँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रबैंक मौन बसिरहेका छन् ।

Post a Comment

0 Comments