मन्त्रीले संरक्षण गर्दैछन् गुण्डा नाइके
५ असोज, काठमाडौं । नेकपा एमालेनिकटका
डनहरु दिनेश अधिकारी चरीको इन्काउन्टरका मृत्यु हुुनुका साथै रमेश बाहुन
पक्राउ परेपछि उपत्यकामा कांग्रेसआवद्ध डनहरुको चलखेल एकाएक बढेको छ । प्रहरीले कांग्रेसको आडमा गुण्डागर्दी गर्ने केही डनहरुको लिष्ट उतार्दै उपत्यकाको सुरक्षामा उनीहरु चुनौती बनेको ठहर गरेको छ ।
पछिल्लो समयमा मीनकृष्ण महर्जन, कुमार घैंटे, समिरमान बस्नेत, भगवान लामालगायत व्यक्तिहरु सक्रिय भएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले गुण्डा संरक्षण गर्ने कांग्रेस
नेता र सभासदहरुको लिष्टसमेत उतारेको छ । जसमा उपसभापति रामचन्द्र
पौडेलदेखि मन्त्री प्रकाशमान सिंह, खुमबहादुर खड्कालगायत छन् ।
राजधानीका कतिपय डनहरुले कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापाको नाममा समेत धन्दा चलाउने गरेको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै कांग्रेस सभासद शंकर भण्डारी,
जगदीशनरसिंह केसी, तीर्थ लामा, राजु थापालगायतले गुण्डा संरक्षण गरेर
व्यवसाय सञ्चालन गर्ने गरेको प्रहरीको आरोप छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख
एसएसपी पुष्कर कार्कीले गुण्डा नाइकेहरुलाई प्रहरीले निगरानीमा राखेको र
कतिपय फरार रहेकाले खोजी भइरहेको बताए ।कार्कीले भने-‘राजधानीमा गुण्डागर्दी धेरै
कम भइसकेको छ, हामीले गुण्डाहरुको लिष्ट उतारेर कारवाही थालेका छौं । जसको
आडमा उनीहरु चलेका भए पनि गैरकानुनी कामबाट उन्मुक्ति पाउँदैनन् ।
कांग्रेस महासमिति सदस्य समेत रहेका
ललितपुरका डन मीनकृष्ण महर्जनले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगै
मिलेर अरु व्यवसायीसँग पैसा असुल्ने गरेको उजुरी प्रहरीसमक्ष पुगेको छ । महर्जनले निर्माण व्यवसायी महासंघ
ललितपुरका अध्यक्ष सानोकान्छा मोक्तानसँग मिलेर ललितपुर जिल्लामा एकछत्र
राज गरिरहेको उजुरीमा उल्लेख छ । मोक्तान पनि कांग्रेस जिल्ला कार्य
समितिका पदाधिकारी हुन् ।
अहिले प्रहरीका लागि सबैभन्दा ठूलो चुनौति
बनेका मीनकृष्ण महर्जनले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री
तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र पूर्वगृहमन्त्री खुमवहादुर
खड्काको आडमा अवैध असुली धन्दा चलाएको प्रहरी स्रोतले जनाएको छ । महर्जनले चरीलाई इन्काउन्टर गर्न र रमेश
बाहुनलाई पक्राउ गर्न आफूले ठूलो धनराशी खर्च गरेको भन्दै ठेकेदारहरुलाई
धम्क्याउने गरेको स्रोतले जनाएको छ । ‘बिगतमा महर्जनले केही प्रहरी
अफिसरलाई पैसा दिने गरेको पनि पाइयो’ स्रोतले भन्यो । महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज
शर्माले मीनकृष्ण महर्जन, कुमार घैंटेलगायतका गुण्डा नाइकहरुको गतिविधि
निगरानी गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ
।
प्रहरीले निगरानी बढाएपछि कुमार घैंटे भने
विदेशिएका छन् । उनले केही दिनअघिसम्म कांग्रेस नेता अर्जुननरसिंह केसी,
गगन थापा र जगदीशनगरसिंह केसी लगायतको नाम लिँदै ठेकेदारहरुलाई धम्क्याएको
प्रहरी स्रोतले जनाएको छ । घैंटेले गजुरमुखी निर्माण सेवा नामक
कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको पाइएको छ ।
गजुरमुखी निर्माण सेवा कांग्रेस सभासद जगदीशनरसिंह केसी लगायतको
स्वामित्वमा छ ।
चरीका बिरोधी सल्बलाए
चरीको इन्काउन्टरपछि चरी विरोधी गुण्डा
समूहका मीनकृष्ण, घैंटे, समीरमान बस्नेत लगायत एकाएक बलियो बन्न थालेपछि
प्रहरीले उनीहरुका गतिविधिमा निगरानी बढाएको हो ।
चरी र बाहुन ठेगान लागेपछि एमालेनिकट अन्य डनहरु भने तितर- बितर भएको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरुलाई एमालेका नेताहरुले संरक्षण दिन छाडेपछि केहीले सामान्य जीवनमा फर्किन पाउँ भन्दै प्रहरीलाई सन्देश पठाउन थालेका छन् ।प्रहरीले चक्रे मिलनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । एक प्रहरी अधिकारीले भने-कुमार घैंटे विदेश भागेपछि अहिले प्रहरीका लागि मुख्य चुनौती मीनकृष्ण महर्जन नै हो र त्यसपछि समिरमान बस्नेतलगायतका सानातिना फ्याउरे गुण्डाहरु पनि उपत्यकाका चुनौती हुन् ।अनलाईन खबरबाट
उनीहरुलाई एमालेका नेताहरुले संरक्षण दिन छाडेपछि केहीले सामान्य जीवनमा फर्किन पाउँ भन्दै प्रहरीलाई सन्देश पठाउन थालेका छन् ।प्रहरीले चक्रे मिलनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । एक प्रहरी अधिकारीले भने-कुमार घैंटे विदेश भागेपछि अहिले प्रहरीका लागि मुख्य चुनौती मीनकृष्ण महर्जन नै हो र त्यसपछि समिरमान बस्नेतलगायतका सानातिना फ्याउरे गुण्डाहरु पनि उपत्यकाका चुनौती हुन् ।अनलाईन खबरबाट
0 Comments