Subscribe Us

वाग्लेसँग मिलेर श्रमराज्यमन्त्री गुरुङ मानवतस्करीमा

काठमाडौं। शेरबहादुर देउवालाई पैसा बुझाएर मन्त्री भएका श्रमराज्यमन्त्री टेक बहादुर गुरुङ मेनपावर व्यवसायी हंशराज वाग्लेसँग मिलेर अनेक धन्दा चलाउन थालेका छन्। वाग्लेमार्फत नै उनी पैसा असुल्न लागिपरेका हुन्। अवैध रुपमा इराक छिरेका नेपालीहरूहरूको उद्धार गर्न यतीबेला सरकारले लाखौं खर्च गरिरहेको छ। पटक–पटक सरकारले इराक नजान आह्वान गर्दा मानवतस्करीका चंगुलमा परी हजारौं नेपालीहरू रोजगारीका लागि इराक पुगेकालाई सरकारी टोली उतै गएर घर फकाईरहेको छ ।
 
अवैध रुपमा त्यसरी इराक पुगेका केही नेपालीहरू ज्यान जोगाएर घर फर्किएका छन् भने कतिपय तड्पिएर बसेका छन्। अनुसन्धानको क्रममा यसरी अवैध रुपमा नेपालीहरू इराक पठाउने धन्दामा हालका श्रममन्त्री नै संलग्न रहेको खुलेको छ। स्रोतका अनुसार अवैध रुपमा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सयौं नेपालीलाई इराक पठाएका छन्। उनको हिमाल मेनपावरमार्फत अवैध रुपमा उनले मानवतस्करी गरेका हुन्। सुरुमा इराकमा नेपालीलाई पठाउन सरकारले इजाजत दिएको थियो। तर १२ जना नेपालीको निर्मम हत्या भएपछि सरकारले प्रतिबन्ध लगाउदै आएको छ। तर पनि गुरुडले दिल्लीमार्फत नेपालीहरूलाई इराक पठाउदै आएका थिए। दिल्लीमा नेपाल थरका एक एजेन्टमार्फत उनले मानवतस्करी गरेको स्रोत बताउँछ।


 

नेपाली कांग्रेसमा खासै हैसियत नभएका उनी त्यसरी मानवतस्करीबाट कमाएको पैसाकै कारण श्रमराज्यमन्त्री भएको स्रोत बताउँछ। कांग्रेस नेता शेरबहादुर देउवालाई खुशी बनाएर उनी राज्यमन्त्री खान सफल भएका हुन्।
पार्टीका धेरै नेतालाई खर्च दिने गरेका उनी अहिले विभिन्न नेताको नाममा पैसा उठाउन व्यस्त रहेको स्रोत बताउँछ। त्यसका लागि अर्का बदनाम मेनपावर व्यवसायी हंसराज वाग्लेले उनलाई साथ दिएका छन्। बैदेशिक रोजगार विभागमा उजुरी परेका विभिन्न मेनपावर कम्पनीका संचालकहरूलाई बोलाउदै यतीबेला उनले अप्रत्यक्ष रुपमा बार्गेनिङ गर्दै आएका छन्। उजुरी परेका ती मेनपावरसग सेटिड मिलाइदिने काम भने उनै व्यवसायी वाग्लेले गर्दै आएका छन्। जसकारण बैदेशिक रोजगारका नाममा पछिल्लो समय ठगी पनि बढ्दै गएको छ भने बैदेशिक रोजगार विभागमा पनि मन्त्रीकै कारण भ्रष्टाचार बढ्दै गएको छ।
 
पछिल्लो समय राज्यमन्त्री गुरुङले बैदेशिक रोजगार प्रबर्द्धन बोर्डको पैसामा आखा लगाएका छन्। बैदेशिक रोजगारमा जाने कर्मचारीको हकहितको लागि प्रत्येक कामदारबाट एक हजार रुपैया उठाएर बचत गरिएको झन्डै २ अर्ब रुपैया बोर्डमा पैसा छ। विभिन्न प्रोजेक्टका नाममा त्यो पैसा खर्च गरेर कमिसन खाने दाउमा उनी लागेको स्रोत बताउँछ। सस्तो ब्याजदरमा उक्त पैसा बैंकमा राखेर अहिले पनि बोर्डका कर्मचारीहरूले कमिसन खाँदै आएका छन्।

Post a Comment

0 Comments