प्रवउ खनाल २०६९ माघ ९ गते नारायणी अञ्चलमा
सरुवा भई आएका थिए । कुरा धेरै नगर्ने र ठूला ठूला प्रतिबद्धता नगरी, फरक
ढ·बाट काम गर्नु नै खनालको विशेषता हो । उनले नारायणीमा सरुवा भई आएदेखि
शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखे । सो क्रममा उनी नेपालको मात्र
नभई भारतीय मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधीलाई राजधानी
काठमाडौंबाट पक्राउ गरी चर्चामा आएका थिए । उनको यस साहसिक कार्यले प्रहरी
स·ठनको गरिमा नेपालमा मात्र नभई भारतमा समेत बढाएको थियो । उनले भूमिगत
समूहको नाममा भारतको सीमावर्ती शहरमा बसी आपराधिक गतिविधि सञ्चालन गर्नेलाई
भारतीय प्रहरीको सहयोगमा भारतमैं पुगी पक्राउ गरेका थिए ।
काठमाडौंका
सञ्चारउद्यमी जमीम शाहदेखि जीतपुरका व्यापारी अफताब आलमको हत्या गर्ने
कुख्यात हत्यारालाई पक्राउ गर्ने कामसमेत उनकै कार्यकालमा सफल भएको थियो ।
खनालको काम गर्ने शैली अन्य प्रहरी अधिकृतभन्दा बिल्कुलै फरक छ । उनी
चर्चाको लागि होइन, परिणामको लागि काम गर्छन् । उनकै कुशल नेतृत्वको कारण
छोटै समयमा पर्सा, बारा, रौतहट, चितवन र मकवानपुर जिल्लाभित्र हुने आपराधिक
गतिविधिमा निकै कमी आएको थियो ।
त्यसपछि उनले सामाजिक विकृति निर्मूल
पार्ने अभियान अगाडि बढाएका थिए । शुरूमा उनलाई केही अप्ठ्यारो भएपनि दृढ
सड्ढल्प र निरन्तर प्रयासले सबैको सहयोग र साथ पाए । तराईमा अझै पनि
बालविवाह र दहेज प्रथा सामाजिक विकृतिको रूपमा मौलाइरहेको छ, यो विकृतिको
नाममा बर्सेनि करोडौं रुपियाँको व्यापार हुने गर्छ । तापनि सुधार
परिणाममुखी हुन सकेको थिएन । तर खनाल बजेट, घटना र उजुरी कुरेर बसेनन्,
यस्ता घटना हुने सम्भावित स्थानमैं पुगी जनचेतना फैलाउने कामलाई अघि बढाए र
उनको यो प्रयास केही हदसम्म सफल पनि रहयो ।
पहिले–पहिले प्रहरीले घटना र उजुरीको
आधारमा कारबाई अगाडि बढाउँथ्यो । खनाल चाहिं घटना, दुर्घटना र उजुरी
कुर्नुभन्दा घटना हुनै नदिने वातावरण तयार गर्नुपर्छ भन्ने मान्यता बोकेर
काम गर्थे । त्यसैले होला उनको यस अभियानमा स्थानीय प्रशासन, एनजीओ,
आईएनजीओ, नागरिक समाज र सञ्चारकर्मीहरू सबैले निस्स्वार्थ सहयोग गरेका थिए ।
सबैको सहयोगमा गाउँगाउँमा पुगी सामाजिक विकृतिबारे चेतनामूलक कार्यक्रम र
नाटक सञ्चालन गरे । यस प्रयासपछि अभिभावकमा मात्र नभई बालबालिकाहरूमा समेत
सामाजिक चेतना आउन थाल्यो । जसैजसै उनको अभियान सफल हुँदै गयो, उनी समाजमा
परिवर्तनका अभियन्ता बन्दै गए । यति बेला अभियानले ल्याएको परिवर्तन पर्सा
जिल्लालगायत बारा र रौटहतमा समेत सर्वत्र देखा पर्न थालेको छ ।
प्रवउ सर्वेन्द्र खनाल अञ्चल प्रहरी
कार्यालय नारायणीको जिम्मेवारी बोकेर आउने ४२ औं प्रमुख हुन् । आजसम्म
अञ्चल प्रहरी कार्यालयलाई केन्द्रीय सा·ठनिक नीति निर्देशनलाई जिल्लाको
तहसम्म पुर्याउने निकायको रूपमा मात्र हेरिन्थ्यो । तर खनालको कार्यशैलीले
अञ्चल प्रहरी कार्यालयको परिचयलाई परिवर्तन गरेको छ । यस कार्यालयले
शान्ति सुरक्षाका साथै समाज परिवर्तनको काममा महत्त्वपूर्ण भूमिका निर्वाह
गर्न सक्छ भन्ने कुरालाई आधारसहित पुष्टि पनि गरेको छ ।
सामान्यतया हामीले हेर्दा सधैं चुपचाप
देखिने, कसैसँग धेरै नबोल्ने प्रवउ खनाल आफ्नो पेशा र सामाजिक दायित्वप्रति
सधैं सजग र चनाखो थिए । अपराध र समाज परिवर्तनको अभियान नै उनको उद्देश्य
थियो । यति बेला उनले फेरि राम्रो वीरगंज बनाउने मुद्दा अगाडि सारेका छन् ।
उनको यस अभियानलाई पनि समाजका सबै वर्गले साथ दिएको छ ।
एकाबिहानै प्रहरी जवान पोशाकसहित हातमा
कुचो र कोदालो बोकी सडक र नाला सफाइ गर्दै हिंड्न थालेपछि नेपाली सेना,
सशस्त्र प्रहरी मात्रै नभई नागरिक समाज, उद्योगी–व्यापारी, विद्यार्थी र
बुद्धिजीवीहरूसमेत सडक र नाला सफाइ अभियानमा अघि बढेका छन् । अन्त्यमा आएर
खनालले माईस्थान मन्दिरअगाडि रहेको खाली जग्गामा पार्क बनाउने अभियान चलाए ।
उनको यो प्रयास पनि सफल रहयो र अहिले सो स्थानमा धमाधम पार्क निर्माण
भइरहेको छ ।
ठूलो बजेट र साधन स्रोत भएमात्र विकास र परिवर्तन गर्न सकिन्छ भन्ने कुरा खनालले झूटो साबित गरिदिएका छन् । हल्ला र सल्लाहले मात्र समाजको विकास र परिवर्तन हुँदैन, परिवर्तनको लागि इमानदार भई काम गर्न सक्नुपर्छ, जसमा प्रवउ खनाल खरो उत्रेका छन् । त्यसैले प्रवउ खनाललाई सबैले हृदयबाट सम्मान गरिरहेका छन् । प्राप्त जानकारी अनुसार अहिलेसम्म उनलाई ४५ वटा संस्थाले सम्मान गरिसकेको छ ।
ठूलो बजेट र साधन स्रोत भएमात्र विकास र परिवर्तन गर्न सकिन्छ भन्ने कुरा खनालले झूटो साबित गरिदिएका छन् । हल्ला र सल्लाहले मात्र समाजको विकास र परिवर्तन हुँदैन, परिवर्तनको लागि इमानदार भई काम गर्न सक्नुपर्छ, जसमा प्रवउ खनाल खरो उत्रेका छन् । त्यसैले प्रवउ खनाललाई सबैले हृदयबाट सम्मान गरिरहेका छन् । प्राप्त जानकारी अनुसार अहिलेसम्म उनलाई ४५ वटा संस्थाले सम्मान गरिसकेको छ ।
हामी सामाजिक काम गर्नेलाई सम्मान
गर्नुपर्छ भनेर त जानेका छौं तर आपैंmले समाजको लागि काम गर्नुपर्छ भन्ने
बुझेका छैनौं । खनालले हामीलाई समाजसँग जुडिएर काम गर्न सक्यौं भने सम्मान
पाउन सकिन्छ भनेर सिखाएका छन् । उनले समाज परिवर्तनको लागि सरकार र
प्रशासनको मुख ताक्ने होइन, हामी आपैंmले आफ्नोतर्फबाट पहिलो प्रयास
गर्नुपर्छ भनेर पनि सिकाएका छन् । यदि हामीले प्रवउ खनालको साँचो अर्थमा
सम्मान गर्न खोजेका हौं भने उनको उपस्थितिमा उनको गुणगान गरेर होइन, उनको
अनुपस्थितिमा उनले पहिल्याएका बाटोमा इमानदारीपूर्वक लाग्न सक्यौं भने
मात्र उनको सच्चा र उच्च सम्मान गरेको ठहर्नेछ ।
- राजु श्रेष्ठबाट
- राजु श्रेष्ठबाट
0 Comments