Subscribe Us

मासिक १० हजार डलर पारिश्रमिक
क्रिकेट प्रशिक्षक पुबुदसँग सरकारले गर्‍यो १० महिने सम्झौता

काठमाडौं, भाद्र १६ । श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आजबाट औपचारिक रुपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणको जिम्मेवारी समाल्न काठमाडौं फर्किएका पुबुदु दासानायकेले आज औपचारिक सम्झौता गरेका हुन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको पहल र निमन्त्रणमानेपाल आएका पुबुदुले आगामी १० महिना नेपाली टोलीको मुख्य प्रशिक्षकको भूमिका निभाउनेछन् । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सहसचिव चुणामणि गौतम र प्रशिक्षक पुबुदुले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार पुबुदुको करार अवधि आजबाट सुरु भएर २०७२ साल आषा १३ गतेसम्मको हुनेछ । यो अवधिमा उनले नेपालको सिनियर तथा यु–१९ राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी समाल्नुपर्नेछ भने नेपाल सरकारले उनलाई मासिक १० हजार अमेरिकी डलर पारिश्रमिक दिनेछ । साथै पुबुदुले बसोबास तथा अन्य खर्चवापत मासिक २ लाख रुपैयाँ अतिरिक्त रुपमा पाउनेछन् ।

२०६८ सालमा पहिलो पटक नेपाल आएका पुबुदुले नेपाली टोलीलाई ट्वेन्टी–२० विश्वकप प्रतियोगिता तथा एक दिवसीय विश्वकपको छनोट प्रतियोगितासम्म पुर्‍याएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु केही महिनाअघि क्यानाडा फर्किएका थिए ।

तर, खेलाडी तथा क्रिकेटप्रेमीहरुको दबाबपछि मन्त्रिपरिषदको गत श्रावण २ गते बसेको बैठकले पुबुदुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । - See more at: imagekhabar

Post a Comment

0 Comments