Subscribe Us

फेरी सुरु भो ‘चेन स्यान्याचिङ’

काठमाडौं । उपत्यकामा ‘चेन स्यान्याचिङ’ गर्ने गिरोह फेरी सलबलाएका छन् । मोटरसाइकलमा आएर पैदलयात्रीको ‘चेन स्यान्याचिङ’ गरी भाग्ने समूह फेरी  सलबलाएको हो । ‘चेन स्यान्याचिङ’ मा सक्रिय रहेका दुई ठूला गिरोहलाई प्रहरीले पक्राउ गरेपनि घटना पुन दोहोरिन थालेपछि प्रहरीलाई टाउको दुखाइ बनेको छ । यो साता मात्रै राजधानीका दुई भिन्ना भिन्नै ठाँउमा ‘चेन स्यान्याचिङ’  का घटना भएका छन् । शान्तिनगरकी जुलु राइलाई बिहीबार मोटरसाइकलमा आएका लुटेरा समुहले  साढे ३ तोलाको सुनको सिक्री लुटेर फरार भएका छन् । यसअघि मंगलबार नयाँबजारस्थित भट्ट क्याफेअगाडि बिना महर्जनको एक तोलाको सिक्री उहि शैलीमा मोटरसाइकलमै आउका गिरोहले स्यान्याचिङ गरेर फरार भए । 

यस अघि गत बैशाख र जेठ महिनाभर राजधानीमा सिक्री लुटपाटको घटनाले प्रहरीको निद हराम भएको थियो । सांझको समयमा बाटोमा पैदल वा स्कुटीमा हिड्ने महिलाको ‘चेन स्यान्याचिङ’ हुन थालेपछि प्रहरीको निद हराम भएको थियो । एक महिनासम्म लगातार भएको ‘चेन स्यान्याचिङ’ मा नेपाल प्रहरीको एक महिला हबल्दारसमेत सिकार बनेकी थिएन् । आयुक्त कार्यालयमा कार्यारत महिला हबल्दार लुटिएपछि आईजिपी उपेन्द्रकान्त अर्यालले उपत्यका प्रहरी परिसर प्रमुखलाई सुरक्षा स्थित मजमुत बनाउनसमेत उर्दी जारी गरेका थिए ।

हेमराज गिरी
 ‘चेन स्यान्याचिङ’को कारण तत्कालीन परिसर प्रमुुख एसएसपी रमेश खरेलकोसमेत निद हराम भएको थियो । ‘चेन स्यान्याचिङ’ अनुसन्धान अपराधमहाशाखाले शुरु गरेको थियो । शुरु गरेको एक महिनामा मुख्य योजनाकार पक्राउ गरी आईतबार सार्बजनिक गरेको छ । नेपालगंजमा ‘चेन स्यान्याचिङ’ को अभियोगबाट १४ लाख धरौटीमा छुटेका अभियुक्तले नै उपत्यकामा गत महिना ‘चेन स्यान्याचिङ’ गरेको प्रमाण महाशाखाको टोलीले फेला पा¥यो । लागूऔषध मुद्दा र ‘चेन स्यान्याचिङ’ गरेको अभियोगमा नेपालगन्ज अदालतबाट २०७०  साउन १० गते छुटेका हेमराज गिरीको योजनामा उपत्यकामा  तिन दर्जन ‘चेन स्यान्याचिङ’ भएको गिरीको पक्राउ पछि खुलेको छ ।

अदालतको ढरौंटीमा छाड्ने आदेशले नेपालगंज प्रहरीबाट हिरासत मुक्त भएका गिरी एक सातापछि काठमाडौं आई ‘चेन स्यान्याचिङ’ को धन्दा शुरु गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । तिन दर्जन ‘चेन स्यान्याचिङ’ को घटनामा संगल्न गिरी नेपाल प्रहरीको भगौंडा सिपाही भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो । महाशाखाले लुटिएका सुनका गहना खरिद गरी स्वरुप परिबर्तन गरेको आरोपमा थप दुईलाईसमेत पक्राउ गरी सार्बजनिक गरेको थियो । गिरोहले उपत्यकाको बिभिन्न स्थानहरुमा स्कुटी तथा पैदल सवार महिलाहरुको घाँटीबाट जवरजस्ती लुटीएका सिक्रीलाई स्वरुप परिबर्तन गरी बेचबिखन गर्दै आएका थिए । 

पक्राउ पर्नेहरुमा काठमाडौंका २२ बर्षीय नारायण श्रेष्ठ, बाँके बागेश्वरीका २८ बर्षीय होमराज गिरी र नुवाकोट थानसिङ्गका ४५ बर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । प्रहरीले उनिहरुको साथबाट २ लाख ४८ हजार रुपैयाँ, सुनका विभिन्न गरगहना १० तोला, लागू औषध खैरो हिरोइन २८.१ ग्राम, एलईडी टिभि १ थान र लुटपाटमा प्रयोग भएको बा.६१ प ४५४४ नम्वरको मोटरसाइकल, समेत बरामद गरेको छ । प्रहरीको अनुसन्धानबाट गिरी चेन स्नाचिङको मुख्य योजनाकार रहेको खुलेको छ । गिरीको सिभिल बैंक बानेश्वर खातामा विभिन्न मितिमा पटक पटके ९ लाख ३९ हजार ५ सय जम्मा भएकोसमेत प्रहरीले जनाएको छ ।

 योजनाकार गिरीलाई एक बर्ष अघि नेपालगंज प्रहरीलेसमेत सिक्री लुटपाट र लागूऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरेको थियो । ११ वटा सिक्री लुटपाट तथा लागू औषध सम्बन्धी अभियोगमा पक्राउ परेक गिरीलाई अदालतले १४ लाख धरौटीमा २०७०  साउन १० मा छोड्ने आदेश दिएको थियो । गिरी २०६२ साल जेठ १६ गते नेपाल प्रहरीमा भर्ना भई २०६७ साल असार ३० गते जागिर छाडेर लुटपाट धन्दा सुरु गरेको प्रहरीको अनसुन्धानमा देखिएको छ । धरौटीमा रिहा भएको ५ दिन पश्चात होमराज गिरी काठमाडौँ आएको र अपाक्षे तथा पल्सर मोटरसाइकल किनी उपत्यकाको २५÷३० वटा घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । गत महिना उपत्यकामा ‘चेन स्यान्याचिङ’ घटना दिनहु हुनी गरेको थियो । । बिषेश गरी पाटीमा रमाएर र्फकिने क्रममा या जाने क्रममा लुटेरा समुहले महिलालाई आफ्नो सिकार बनाउदै आएका थिए ।

 प्रहरीको रेकडमा बैशाक महिनामा मात्र पा“च दजर्न भन्दाबढी चेन स्यान्याचि भएको थियो । महाशाखाले गिरीको गिरोहलाई पक्राउ गरेपछि ‘चेन स्यान्याचिङ’ को घटना नियन्त्रण हुने प्रहरीको दाबी छ । बालाजुस्थित गंगा हल अगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत महिला प्रहरी हवल्दार सिता उप्रेतीसमेत लुटीएकी हुन । हबल्दार उपे्रती स्कुटरमा जाँदै गर्दा नम्बर नखुलेको निलो पल्सर मोटरसाइकलमा आएका लुटेरा समुहले २ तोलाको सुनको सिक्री लुटी फरार भएका थिए । 

गत बैशाखमा लैनचौरस्थित दुग्ध बिकास संस्थान अगाडि पैदलयात्री मिना तुलाधरले लगाएको ७ तोलाको सुनको सिक्री, भृकुटीमण्डपमा ललितपुरकी सुभेक्षा राणाको ५ तोलाको सुनको नेक्लेस, गोंगबु, बानियाटार पुल नजिक पैदलयात्री म्याग्दीकीे ४० बर्षीया ईनकुमारी रोक्काले घाँटीमा लगाएको ३ तोलाको सिक्री नम्वर नखुलेको मोटरसाइकलमा आएका २ जनाले लुटेर फरार भएका थिए । गत बैशाखमा लुटेरा समुुहले सांझ ५ बजेदेखि ६ बजेको समयमा लुटपाट गर्दै आएका थिए ।


Post a Comment

0 Comments