Subscribe Us

प्रहरीको आँखा फुटाएपछि गोली ठोकेको होः गुहमन्त्री गौतम,
पीडितलाई क्षेतिपूति र गोली चलाउने प्रहरीमाथि कारबाहीको माग,

 काठमाडौं । प्रहरीको आँखा फुटाउने तथा हात भाच्नेजस्ता दुसप्रयास भएपछि आम्मरक्षाको लागी प्रहरीले गोली चलाउदा बारामा ४० वर्षय जयनारायण यादवको मृत्यु भएको उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले बताएका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठक सुरु हुनसाथ सभासदहरुले घटनाबारे सरकारसँग स्पष्टीकरण्ाँ मागेपछि मन्त्री गौतमले यस्तो जवाफ दिएका हुन् । एकजना प्रहरीको आँखामा गम्भीर चोट लागेर उनि ढल्न पुगे, स्थिति नियन्त्रण्मा लिन सशस्त्र प्रहरीले गोली चलाउदा उक्त घटना भएको गुहमन्त्री गौतमले जिकीर गरे । उनले भने, ‘अन्तिमसम्म गोली हान्ने आदेश दिइएको थिएन, एकजना प्रहरीको आँखामा गम्भीर चोट लाग्यो र प्रहरी ढल्न थाले आत्मरक्षाको लागी गोली चालाउन आदेश दिएको हो ।

   प्रहरीको गाडीमा पेट्रोल छकिर्एर आगो लगाउँदा समेत गोली चलाउने आदेश दिएको थिएन, मन्त्री गौतमले भने हवाइ फायरबाट पनि स्थिति शान्त नभएपछि प्रहरीले बाध्य भएर गोली चलाएको गौतमले दाबी गरे । गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालद्धारा आइतबार जारी प्रेस विज्ञप्तिमा बारा घटनाप्रति गृहमन्त्रीले दुःख व्यक्त गरेको र घाइतेहरुको उपचार सरकारले निशुल्क गर्ने जनाइएको छ ।

 उता प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि तनावग्रस्त बनेको बाराको सिम्रौनगढ क्षेत्रमा प्रशासनले आइतबार कङ्खर्यु लगाएको छ । जायज माग राखेर गरिएको आन्दोलनमा गोली चलाएर प्रहरीले एक जनाको ज्यान लिएको भन्दै स्थानीयले प्रदर्शन गर्ने देखेपछि जिल्ला प्रशासन कार्यालयले कङ्खर्यु लगाउने आदेश गरेको हो ।  स्थिती तनावपूणर््ँा बन्न नदिनका लागि दिउँसो १२ बजेदेखी साँझ सात बजेसम्म कङ्खर्यु आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले जानकारी दिएका छन् । 

वार्ताका लागि पहल गरेपनि आक्रोशित स्थानीयले पुन ः प्रदर्शन गर्ने देखेपछि कङ्खर्यु लगाइएको प्रजिअ अर्यालले दाबी गरे । ‘नहुनुपर्ने दुखद घटना भइसकेको छ, फेरि त्यस्तो स्थिती आउन दिनुहुन्न” अर्यालले भने ”स्थिती तनावग्रस्त हुनबाट रोक्नका लागि कङ्खर्युको बिकल्प छैन्”। प्रजिअले आन्दोलन छाडेर वार्तामा आउनका लागि स्थानीयसँग आग्रह गरेका छन् । पीडित परिवारलाई क्षेतिपूति र्उपलब्ध गराउनका लागि आफू तयार रहेको अर्यालले बताए ।

 कलैया–सिम्रौनगढ नहर सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र विद्यार्थीको भीडमा प्रहरीले शनिबार गोली चलाउँदा हहिरपुर ७ का ४० वर्षय जयनारायणँ यादवको मृत्यु भयो भने प्रहरीको गोली लागि अन्य दुई घाइते भएका छन् । घाइते हरिहरपुर ५ का २८ वर्षीय साह महमदको काठमाडौं वीर अस्पतालमा उपचार भइरहेको छ । अहमदको शल्यक्रिया गरी ढाडमा लागेको गोली निकालिएको छ । अर्का घाइते अमृतगञ्ज २ का ३३ वर्षीय नागेश्वर कुशवाहालाई उपचारका लागि भारततर्फ लगिएको स्थानीय रामबाबु मेहताले जानकारी दिएका छन्।

घटनाको विरोधमा स्थानीयले बिहानैदेखि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यलयमा धर्ना दिइरहेका छन् । पीडितलाई क्षेतिपूति र गोली चलाउने प्रहरीमाथि कारबाहीको माग गर्दै पटेलको शव राखेर स्थानीयले धर्ना दिइरहेका हुन् ।  स्थानीयको आन्दोलनमा प्रहरी ज्यादती बढेको भन्दै सिम्रौनगढ क्षेत्रमा विभिन्न राजनीतिक दलका नेताहरु पुग्न थालेका छन्। एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साह, पूर्वराज्य मन्त्री सरोज यादवले सिम्रौनगढ क्षेत्रमा पुगेर पीडित परिवार र स्थानीयसँग भेट गरेका छन्।

Post a Comment

0 Comments