Subscribe Us

ठगी काण्डमा पक्राउ परे ह्वाइट हाउसका मालीक

काठमाडौं ।  ह्वाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मा प्रहरीको फन्दामा परेका छन् । कलेजको लेनदेनसम्बन्धी हरहिसाबमा विवाद उत्पर्ण हुदा शर्मा प्रहरीको फन्दामा परेका हुन । शर्मालाई आईतवार महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले हिरासतमा लिएको छ । शर्मा उच्चमाध्यमिक विद्यालय सङ्घ हिसानका महासचिव तथा मध्यबानेश्वरस्थित  ह्वाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक हुन् । 

मीनभवनस्थित ह्वाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले पाउनुपर्ने रकम नपाएको उजुरी परेपछि अनुसन्धानका लागी शर्मालाई हिरासतमा लिएको महाशाखाले जनाएको छ ।  उनलाई प्रहरीले  बाफलस्थित उनको निवासबाट हिरासतमा लिईको हो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले शर्मालाई सोधपुछका क्रममा ल्याइएको र उजुरीकर्ता पक्षसँग छलफल गरी थप कारबाही अघि बढाइने जानकारी दिए ।


हिसानका उपाध्यक्ष रमेश सिलवालले लेनदेनका विवादमा सोधपुछका लागि शर्मालाई हनुमानढोकमा लगिएको भन्दै विवाद मिलाउन उजुरीकर्ता नै समयमा उपस्थित नभएको बताए । पीडित पक्षका पूर्वसञ्चालक रघुराम विष्टले आफूहरूले शर्माबाट पाउनुपर्ने रु पाँच करोड बक्यौता रहेको जिकिर गरे ।

सो विवादका विषयमा उच्चमाध्यमिक शिक्षा परिषद्ले विद्यमान कानुनमा कलेज उमाविलाई खरिद विक्री गर्न नमिल्ने भएकाले त्यस्तो कार्य नगर्न दुवै कलेजलाई ध्यानाकर्षण गराई सम्पत्तिसम्बन्धी विषयमा थप छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कागजात पठाएको थियो ।

Post a Comment

0 Comments