Subscribe Us

राष्ट्रसंघीय मिसनमा नेपाल प्रहरीभन्दा सशस्त्र दोब्बर

 
काठमाडौ । नेपाल प्रहरीभन्दा आधा कम जनशक्ति भए पनिसशस्त्र प्रहरी बलले राष्ट्रसंघीय मिसनमा दोब्बर अवसर पाएको छ । नेपाल प्रहरीको जनशक्ति ६७ हजारभन्दा धेरै छ भने सशस्त्र प्रहरी बल ३६ हजारको संख्यामा मात्र छ । तर, राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीबाट दुई सय ८० मात्र खटिदा सशस्त्र प्रहरीबाट पाँच सय ८० जना खटिने भएका छन् । पछिल्लोपटक राष्ट्रसंघले सशस्त्र प्रहरीलाई एफपियू मिसनमा दुई सयजनाको कोटा थपेपछि सशस्त्रको सहभागिता बढेको हो ।

राष्ट्रसंघले सशस्त्र प्रहरीलाई गत महिना मत्र दक्षिण सुडानमा नयाँ मिसनसहित दुई सय नयाँ कोटा दिएको हो । योसँगै राष्ट्रसंघ शान्ति मिसनमा एकपटकमा पाँच सय ८० शसस्त्र प्रहरी खटिनेछन् । लाइबेरियामा तीन वटा तथा दक्षिण सुडानमा एउटा गरी सशस्त्र प्रहरीको चारवटा एफपियू मिसन भएका छन् । नेपाल प्रहरीतर्फबाट हाइटी र सुडानका दुई मिसनमा गरी जम्मा दुई सय ८० जना मात्र छन् । हाइटीको एफपियू मिसन पनि बन्द हुने क्रममा रहेकाले नेपाल प्रहरीको शान्ति सेनामा जाने अवसर खुम्चदै छ ।

नयाँ मिसनका लागि लबिङ गर्न नसक्दा नेपाल प्रहरीले अवसर गुमाउँदै गएको हो । दूिक्षण सुडानमा मिसन थप्न सशस्त्र प्रहरी त्यहाँ गत वर्ष द्वन्द्व सुरु भएदेखि नै लबिङमा लागेको थियो । त्यही लबिङका कारण लाइबेरियाको एक टोली गत वर्षदेखि नै ‘इन्टरमिसन कोअपरेसन’ अन्तर्गत त्यहाँ खटाइएको थियो । गत महिना दक्षिण सुडानकै लागि राष्ट्रसंघले अर्को मिसन थपिदियो । तर, नेपाल प्रहरीका अधिकारीले दक्षिण सुडानमा एफपियू मिसनका लागि कुनै प्रयाससमेत गरेनन् ।

सुरक्षा निकायका शान्ति मिसनमा सहभागितालाई आकर्षक अवसरका रुपमा लिइन्छ । एफपियू मिसनमा खटिनेले मासिन एक लाख तथा अनपोल मिसनमा खटिनेले मासिक करिब तीन लाख रुपैयाँ कमाउँछन् । तर, पछिल्लो सयम नेपाल प्रहरीमा एफपियू र अनपोल दुबै थरी मिसनमा अवसर पाउन गाह्रो हुन थालेको छ । अनपोल मिसनका लागि परीक्षा पास गरेको वर्ष दिन वित्दा पनि धेरै प्रहरी अधिकारीले अवसर पाउन सकेका छैनन् ।

Post a Comment

0 Comments