Subscribe Us

पछिल्लो समय यसरी गर्थे घैंटेले गुण्डागर्दी, सभासद् केसी घैंटेका पाट्नर

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी बिरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाका नाईकेहरुले प्रहरीको आँखामा छारो हाल्न गुण्डागर्दीको स्वरुप परिबर्तन गरेपनि असुली धन्दा भने छाडेका छैनन् । प्रहरी ईन्काउन्टमा मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठले पनि असुली धन्दालाई चर्काए पछि अन्ततः उनले बिहीवार बिहान ज्यानै गुमाउँनु प¥यो । एक दर्जन अपराधमा सगल्न घैंटेले केहि बर्षदेखी आफ्ना सहयोगी परिचान गरेर राजधानीका व्यवसायी देखी ठेकदारहरुलाई शोषण गर्दै आएका थिए । 

आफू समाजसेवी भएको दाबी गर्ने तर आफ्ना सहयोगी परिचान गरेर आफू बिरुद्ध उभिनेलाई घैंटेले तह लगाउँने गर्थे । घैंटेले अर्का गुण्डाका नाईके समिरमान सिंह बस्नेत, सानो भाई भन्ने युबराज गुरुङ र हबल्दार भन्ने प्रतिक श्रेष्ठलाई प्रयोग गरेर आपराधिक क्रियाकलापमा सगल्न थिए ।

 धादिङ क्षेत्रमा हुने ठेक्का पट्टमा प्रहरी ईन्काउन्टरमै गत बर्ष मारिएका दिनेश अधिकारी चरीले राज गर्न थालेपछि घैंटेको योजनामा दुई बर्ष अगाडी उनलाई सतुङ्गलमा ज्यान लिने मनसायले गोली प्रहार भएको थियो । त्यस घटनाका मुख्य योजनाकार  घैटे भएपनि उनले योजनाबद्ध तरीकाबाट चरीकै सहयात्री राधे भण्डारीलाई मोहरा बनाएका थिए । 

घैंटेले यि लगायत दुई दर्जन आपराधिक जत्थाको प्रयोग गरेर उनको क्षेत्रमा भएको मेनपावर र कलेजमा सुरक्षा दिने नाउँमा प्रत्येक मेनपावर र कलेजको हैशियत हेरेर लाखै रुपैंया असुल्दै आएका थिए । घैंटेले पछिल्लो समय जगदिशनरसिंह केसी, दिपक गौतम लगाएतसँग साझेदारीमा ठेक्का पट्टाको नाउँमा गुण्डागर्दी सुरु गरेका थिए । 

                 क्रमस समिरमान सिंह बस्नेत कुमार घैंटे र सानो भाई

गत बर्ष बालाजुको सडककोे १४ करोडको ठेक्कामा घैंटेले अन्य ठेकदारलाई थर्काएर ठेक्का हाता पारेका थिए । उनले गजुरमुखी निर्माण सेवाको नामबाट आफू ठेकदार भएकोे भान फैलाउदै  आएका थिए । गजुरमुखीमा सभासद् जगदिशनरसिंह पनि शेयर रहेको छ । जुन र्फम घैंटेले आफ्नो भन्दै अन्य ठेकदारलाई ठेक्का लिएको खण्डमा जेपनि हुने भन्दै तर्साउन थालेका थिए ।  यो पनि हेर्नेस 

 http://www.aparadhkhabar.com/2015/02/blog-post_63.html
http://www.aparadhkhabar.com/2014/08/blog-post_98.html
राजधानीमा राज गर्न खोज्दै डन घैंटे

Post a Comment

0 Comments