Subscribe Us

ठेकेदारको गेममा परे डनद्धय बाहुन र महर्जन,
ललितपूर गोली काण्डमा नेता सम्मको कनेक्सन

सानु लामा
काठमाडौं । ठेक्का कब्जा र कमिशनका लागि डनगिरी गर्ने सुजन पौडेल उर्फ ‘रमेशबाहुन’ र ललितपुरका डन मिनकृष्ण महर्जनलाई गोली प्रहार गर्नुको पछाडी ठेकदारले खेल खेलेको रहस्य खुलेको छ । 

उक्त खेलमा निर्माण व्यवसायी संघ ललितपुरका तत्कालिन अध्यक्ष सानु लामाको हात रहेको एक बर्षपछि पोल खुलेको हो ।

पाठकवृन्द ! तपाईलाई आचश्र्य लाग्न सक्ला कि गुण्डागर्दी गर्ने डनलाई जुधाएर फाईदा लिने ठेकेदार पनि नेपालमा हुन्छन् भन्दा । पक्कै पनि ठेकेदार सानु लामाले साउथ इन्डियन फिल्म हेरेको हुनुपर्छ । 

डनद्धय रमेशबाहुन र महर्जनबीचको लडाईमा लामाले पनि  यसरी नै गेम खेलेर राज गर्न खोजेको खुलासा अपराधखबरले लामो अनुसन्धानपछि सूचना प्राप्त गरेको छ । 

स्रोतका अनुसार आपराधिक पृष्ठभूमिबाट ठेकेदार बनेका लामालाई ललितपुरमा डन बाहुन र महर्जनको समूहले दुःख दिएपछि काँग्रेसी नेता उदयशमशेर राणाको मिलेमतोमा गोली प्रहार गर्ने षड्यन्त्र रचिएको हो ।  नेता तथा सभासद् राणाको समर्थन भित्रभित्रै पाएपछि ठेकेदार लामाले योजनाबद्ध तरिकाबाट दुबै डनलाई सिध्याउने योजना बनाएको स्रोतको दाबी छ । लामाको योजना भने डनद्धयलाई सिध्याएर आफै ललितपुरमा राज गर्नु थियो ।
सोही योजना मुताविक दुवैलाई जुधाएर आफू डन बन्ने रणनीति अनुसार बाहुन र महर्जनबीच सम्वन्ध चिसिएको मौका छोपी त्यसको फाईदा उठाउन उनी उद्यत भए । ३२ करोेड रुपैयाँको टेण्डर मिलाएबापत बाहुन र महर्जनले एक–एक प्रतिशत कमिशन लामाको हातबाट पाउने सहमति बनेको थियो । 
रमेश बाहुन

सोही मौका छोपेर बाहुन र महर्जनलाई जुधाउने योजना लामाले बुँने । सोही योजना अनुसार अहिले एउटाको जेलको बास भएको छ । अर्कोलाई गोली हानेर झण्डै हत्या गरिएको थियो । योजना मुताबिक लामाले कमिशनको पैसा बाहुनलाई नदिने बताए । उता महर्जनलाई ललितपुरमा रामेछापको गुण्डाले ठेक्काको कमिशन खाँदा तपाईको अस्तित्व मेटिने भन्दै उचाले


मर्हजनको मनमा चिसो पस्यो कि आफ्नै भाग पनि रामेछापका गुण्डाले खाने ? त्यहिमाथि पनि प्रहरीमा मोष्ट वान्टेड । महर्जनले बाहुनको चलखेल रोक्न खोजिरहेकै बेला महर्जनको कारण बाहुनलाई दिन नसक्ने बताइदिए । महर्जनले कमिशनको रकम मागे भने बाहुनले ज्यान लिने धम्की दिएको छ भन्दै टार्न थाले । लामाकै षड्यन्त्रमा दुई डनबीच काटमारको स्थिति बन्न पुग्यो । यो कुराको पुष्टी गर्न ठेकेदार डन लामाले बाहुनका सहयोगी युबराज, मिनकृष्ण र ललितपुरका केही ठेकेदारलाई बैठकमा बोलाए ।

 बैठकमा कुरा उठ्यो कि ६४ लाख रुपैयाँ बाहुन कि महर्जनलाई ? बाहुनका केटा युबराजकै अगाडि महर्जनले ललितपुरमा बाहुनको डनगिरी नचल्ने भन्दै धम्क्याए ।  स्रोतका अनुसार महर्जनले अब आईन्दा ललितपुरमा बाहुनको दुत बनेर पैसा असुल्न नआए हुन्छ भन्दै युवराजलाई भने । बैठकमा भएको हुँबहु गफलाई कपी गरेर युबराजले बाहुनको दिमागमा पेष्ट गरिदिए । त्यसपछि आगो भएका डन बाहुनले महर्जनकोे तिघ्रामा गोली प्रहार गरेपछि पानी भए । 

उक्त घटनापछि ठेकेदार लामा एक अर्कालाई जुधाउन आंशिक सफल बने भने सपना भने पुरा हुन सकेन । 
मिनकृष्ण महर्जन
किनकी डन मिकृष्णलाई गोली खुट्टामा लाग्यो र उनी बाँच्न सफल भए । लामाले एकको मृत्यु र अर्कोको जेलको बास देख्न चाहान्थे । गोली लागेर घाइते बनेका महर्जनको ललितपुरमा अहिले पनि राज चल्दै आएको छ भने बाहुनले कारागार भित्रैबाट सहयोगी परिचालन गरेर असुली गरिरहेका छन् । उता ठेकेदार लामाको योजना असफल भएपछि महर्जनलाई पुनः ढाल्ने रणनीतिमा उनी लागेको स्रोत बताउँछ । डनद्धय रमेश बाहुन र महर्जनबीच भएको गोलीकाण्डको  बास्तबिक एक बर्षपछि अपराध खबरले पत्ता लगाएको हो ।

गुण्डागर्दी बढेपछि निगरानीमा ठेकदार
पछिल्लो समय राजधानी लगाएत देशका बिभिन्न भागमा गुण्डागर्दी मौलाउनुको प्रमुख कारण ठेक्कापट्टा भएको प्रहरी अधिकारीहरुको दाबि छ । बिरोजगार युवाहरुलाई ठेकदारले केही रुपैंयाको प्रलोभन देखाए ठेक्का कब्जा गर्न प्रयोग गर्न थालेका छन् ।

 रामेछापका सुजन पौडेल जस्ता युवालाई रमेश बाहुन बनाउने ठेकदार भएको प्रहरीकोे बुजाई रहेको छ । यस्ता गुण्डा प्रयोग गरी ठेक्का गर्ने ठेकदारमाथी महानगरीय प्रहरी अपराध महाशाखाले बिषेश निगरानी बढाएको प्रहरी स्रोतले बतायोे । ठेकदार महासंघका अधक्ष्यशरद गौचन, ठेकदार कुष्ण गौतम हिरेन श्रेष्ठले ठेक्का पट्टामा गुण्डा परिचालन गरी पेशाकै बदनाम गरेको अन्य ठेकदारहरुले आरोप लगाएका छन्  ।
शरद गौचन

  कुनैपनि ठेक्का मिल्नसाथ अधक्ष्य गौचन र गौतमले गुण्डाभाग छुट्याउँदै आएको प्रहरी स्रोत बताउँछ । गौंचन महासंघकोे महासचिव हुने ताका बाहुनलाई ठेक्का कब्जा गर्न प्रयोग गर्दै आएका थिए । ललितपूर गोली काण्ड पश्चात गौचनले कुमार घैंटे भनिने कुमार श्रेष्ठलाई प्रयोग गर्दै आएका छन् ।

 ठेक्का कार्टेलिङ गर्न ठेकदारले गुण्डाकोे प्रयोग पञ्चायत काल देखी नै गर्दै आएका हुन । तर दश बर्ष यता ठेक्काकोे कमिशनको बिषयलाई लिएर राजधानी लगाएत देशभर नै गुण्डागर्दी बढेको प्रहरीको निश्कर्ष छ । जसको कारण गोलीकाण्डका घटनासमेत बढ्न थालेका छन् ।

Post a Comment

0 Comments