Subscribe Us

अनियन्त्रीत बन्दै युवती तस्करी,
फेरी पक्राउ परे दुई अभियुक्त

काठमाडौं । सेटिङ मिलाएर युवती तस्करी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनिहरुलाई बिमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंका प्रकाश केसी र नुवाकोटका सूर्यमान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गिरोहले सेटिङ मिलाएर भिजिट भिसामा युवतीलाई थाइल्याण्ड पठाउने र त्याहाबाट कुबेत पुर्याउ खोजेको अबस्थामा युवतीसहित दलाललाई पक्राउ गरिएको महाशाखाका एसपी सहकुल थापाले बताए ।  घरलु कामको लागी भन्दै उनिहरुलाई गिरोहले गैर कानूनी तरीकाबाट कुबेत पुर्याउन खोजेको भेटियो एसपी थापाले थपे । श्रम स्वीकृत नभएको कारण दलालहरुले थाइल्याण्ड पुर्याएर त्याहाबाट कुबेत लान खोजेको अबस्थामा ८ जना युवतीको उद्दार गरिएको एसपी थापाले बताए ।

दलालले घरेलु कामदारको बहाना र आर्थीक प्रलोभनमा पारेर कुबेत लगाएत अफ्रिकन मुलक पुर्याएका अधिकांश महिला यौन शोषनको मारमा परेका छन् । 

 गिरोहले उनिहरुलाई बुधबार बिहान ११ बजे थाइ एयरवेजबाट थाइल्याण्ड पठाउन लागेका थिए । युवतीकोे पासपोर्ट बनाउने देखी सम्पूर्ण खर्ज गिरोह आफैले गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । उनिहरुलाई २ मंशिरबाट परिवारसंग पनि सम्पक बिहीन गराई गिरोहले काठमाडौंको बिभिन्न गेष्टहाउसमा राख्दै आएका थिए । गिरोहले बिभिन्न प्रलोभन देखाई उनिहरुलाई कुबेत जान उस्काएको प्रहरीले जनाएको छ । । पक्राउ परेका गिरोह मध्य श्रेष्ठ  ५ वर्षअघि पनि सेटिङ मिलाएर, नक्कली श्रम स्वीकृति बनाएको आरोपमा पक्राउ परेका अभियुक्त रहेछन एसपी थापाले बताए ।

 गिरोहले अहिलेसम्म ५० भन्दा बढी युवतीलाई बिभिन्न प्रलोभन देखाई कुवेत र अफ्रिकन मुलक पठाएकोे अनुमान प्रहरीले गरेको छ । बिमानसथलमा सेटिङ मिलाएर वा सेटिङ नमिलेको खण्डमा उनिहरुले पैदलमार्ग हुँदै नयाँदिल्ली पुर्याई तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । बिहीवार उद्दार गरिएका अधिकांस युवती १७ वर्षदेखि ३० वर्षका रहेका र उनिहरुलाई  माईती नेपालको जिम्मा लगाएको महाशाखाले जनाएको छ । गिरोहले बर्षै देखी प्रहरी, श्रम डेस्क र अध्यागमनका कर्मचारीको सेटिङ मिलाएर विमानस्थलबाट युवतीको तस्करी गर्दै आएका छन् ।

गिरोहले ग्राहक बनेर डान्सबार, गारमेन्ट लगाएतको ठाउँमा पुगेर युवती खोज्ने तथा गाँउ र टोलसम्म पुग्ने गरका छन् । दलालले शारिरीक बनावट राम्रो र नृत्य समेत राम्रो गर्ने युवतीलाई आफ्नो जालोमा पारेर बिदेश जान उस्काउँदै आएका छन् । प्रहरीका अनुसार काठमाडौं बाहिरका जिल्लाबाट काठमाडौमा आउने किशोरीलाई फिल्म खेलाउने, डान्सबारमा काम लगाउने बहानामा डान्स सिकाईने गरेको छ । विदेश पठाउने युवतीलाई दलालले काठमाडौं बाहिर नै गएर खोजेर ल्याउने गर्छन् । ति किशोरीलाई डान्स सिकाएपछि महिनाको ५० हजार देखी एक लाख रुपैयासम्म नेपाली हुने भन्दै लेजाने गरेका छन् ।

एकदशक अघि नेपाली युवतीहरुलाई खाडी मुलुक दुबईमा डान्स गर्नका लागि लैजाने गरिन्थ्यो । अफ्रिकन मुलुकमा भने भारतिय र पाकिस्तानी युवतीहरु बढि जाने गर्थे । त्यहाँ ति युवतीहरुको यौन शोषण हुने गरेको थाहा पाएपछि ति दुई मुलुकले सुरक्षामा कडा गरेको हो । त्यहाँ कडा हुने बित्तिकै दलालहरु नेपालमा छिरेर युवतीहरु लाई ललाई फकाई र आर्थिक लालच देखाएर लैजाने गरेको प्रहरीले जनाएको छ । दुई बर्षअघिसम्म विमानस्थल अध्यागमनका कर्मचारीसंग सेटिङ मिलाएर युवतीहरुलाई यहिबाट उडाउने गरिएको थियो । तर पछिल्लो समय सुरक्षा ब्यवस्था कडा बनाएपछि उनीहरुले भारतको बाटोसमेत प्रयोग गर्दै आएका प्रहरीको भनाई छ ।
यसरी हुन्छ तस्करी
बिभिन्न ठाउँमा कार्यारत युवतीलाई आर्थिक प्रलोभनमा पारी राम्रो काम दिलाई दिने बहानामा गिरोहले युवतीलाई बिदेशमा तस्करी गर्दै आएका छन् । यो धन्दा विगत दश बर्षदेखि निर्वाध रुपमा चल्दै आएको छ । युवती तस्करीको धन्दा सुरुमा डान्सबारकै केही सञ्चालकहरुले सुरु गरेका थिए । युवतीहरुलाई बिदेशमा रहेका दलालले रुचाएपछि कलाकार बनाएर भ्रमण भिषामा बिदेश पु¥याउने धन्दाको सुरुवात दश बर्ष अगाडी देखी भयो । उनीहरुको भिषा अबधी ३ महिनाको हुने भएतापनि बिदेश पुगेपछि उनीहरुलाई बन्दक बनाई राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवतीको रुपरङ हेरेर दलालले मोलमोलाई गर्ने गरेका छन् । एक युवतीको मासिक दुई लाखदेखि ५ लाख रुपैयाँ सम्म दलालहरुले असुलेता पनि युवतीले भने मासिक ५० हजार पनि गाह्रो हुने गरेको विदेश पुगेर फर्किनेको अनुभव छ । रेष्टुरेन्टको युवती सप्लाई गर्नेमा एक ताका नबिन दाहाल चर्चित थिए ।
मलेशियाबाट खुट्टा भाचिएर फर्किएकी एक युबतीले उजुरी गरेपछि पक्राउ परेका दाहाल हाल कारागार चलान भएका छन् । दाहालकी पार्टनर टिना रजत भने प्रहरीको फरार सूचिमा परेकी छन् । पक्राउ परेका राजन र सबिन पनि यी तस्करी गर्ने गिरोहमध्ये नामुद मानिन्छन् । आफ्नै डान्सबारका युबतीलाई राजनले दुबईमा पठाउन थालेका थिए भने सबिनले युबती खोज्ने काम गर्दै आएका थिए । यीनीहरुको समूहमा अनिल परिवारलगायत एक दर्जन रहेका छन् ।  उनीहरु हाल फरार रहेका छन् । पछिल्लो समय डान्सवारको अलवा घरेलु कामदारको लागी पनि युवतीको तस्करी मौलाएको छ ।

कुबेतका शेख हरुले नेपाली युवतीलाई रुचाएपछी घरेलु कामदारको नाममा यौंन शोषन हुने गरेको स्रोतको दाबी छ । युवतीको फोटो सेशन गरेर दलालहरुले मेल मार्फत फोटो पठाएर मासिक तलब र कमिशन लिने गरेको स्रोत बताउँछ । युवती मनपराएको खण्डमा बिदेशीले तस्करी गर्न लाग्ने सबै खर्ज व्यहोर्ने र राम्रो कमिशन दिने हुँदा यो धन्दा फस्टाएको हो । उच्च प्रहरी अधिकारीको अनुसार यो एक प्रकारको चेलीबेटी बेचबिखन नै हो  ।

Post a Comment

0 Comments