Subscribe Us

अन्डरवर्ल्ड डन दाऊदमाथि आर्थिक प्रतिबन्ध

काठमाडौं । अन्डरवर्ल्ड डन दाऊद इब्राहिममाथि बेलायत सरकारले आर्थिक प्रतिबन्ध लगाएको छ । बेलायतले दाउदको सम्पत्ति जफत गर्ने र उनको आर्थिक गतिविधी नियन्त्रण गर्ने निर्णयसमेत लिएको छ ।  

बेलायतले आर्थिक गतिविधिमा प्रतिबन्ध लगाइएका व्यक्ति र समूहको सूचीमा अन्डरवर्ल्ड डन दाऊदको नाम पनि समावेश गरिएको हो । 

२७ जनवरीमा बेलायत सरकारले तयार गरेको सूचीमा दाऊदको समेत नाम समावेश गरिएको छ। बेलायतले दाऊदका चार सम्भावित ठेगाना पनि उल्लेख गरेका छन्। यी चारै ठेगाना पाकिस्तानको कराँचीका छन्।

डन दाऊदलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेर एब दशक देखी खोजी कार्य त्रिब्र पारेपनि पक्राउ भने गर्न सकेको छैन । डन दाऊदलाई पाकिस्तानले संरक्षण दिएको भारतको आरोपलाई बेलायतको अनसुन्धानले थप बल पुगेको छ । तर पाकिस्तानले  भारतको आरोप अस्वीकार गर्दै दाउद आफ्नो देशमा नभएकोे जिकिर गर्दै आएको छ ।

Post a Comment

0 Comments