Subscribe Us

समान्य अबस्थाका बिरामिलाई ब्रेन ह्याम्ब्रेज भन्दै ज्यान लिदै ओम अस्पताल

काठमाडौ । राजाधानीको चाबहिलमा रहेको ॐ हस्पिटल तथा रिसर्च सेन्टरको  लापरवाहीकोे कारण पाँच महिनाको गर्भाधारण गरेकी साबित्री श्रेष्ठको अकालमा ज्यान गएको छ । 

गर्भास्थामा रहेकी श्रेष्ठलाई प्रेसर बढेपछि उपचारको लागी अस्पताल लगिएको थियो । तर अस्पतालले एक्कासी ब्रेन ह्याम्ब्रेज भएको नाटक मञ्चन गर्दै बिरामिलाई बचाउन नसकिने बताएको उनका श्रीमानले बताए । 

अस्पताल पुर्याउदा स्त्रीरोग बिसेसज्ञ डा भोला रिजालले समान्य उपचार गरे पुग्ने बताएका थिए । तर केही छिनपछि  ब्रेन ह्याम्ब्रेज भएको दाबी डाक्टरले गरेको मृतकका आफ्न्त कृष्ण श्रेष्ठले बताएका छन् । तर डाक्टर रिजालभने यस बिषयमा मौन रहेका छन् ।

। आफन्त कृष्ण श्रेष्ठका अनुशार बिहान केहि नभएको बिरामीलाई अचानक कि आमा र बच्चा मध्य एक को ज्यान बचाउन सक्ने र अचानक ब्रेन ह्याम्ब्रेज भएको बताउदा आफु छागा बाट खसेको अनुभव दुखी हुँदै बताए । अहिले अस्पताल ब्यवस्थापन पक्षले बिरामिको अवस्थाको बारेमा केहि जानकारी नदिएको र बिरामीको भविष्यमाथी खेलवाड गरेको श्रेष्ठले बताए । 


बिहान सामन्य अवस्थामा रहेको बिरामीलाइ राम्रो उपचार नगरेको अस्पतालले अहिले बिरामीको अवस्था सार्वजनिक नगर्दा पीडितको ज्यानमाथी खेलेको उनको आरोप छ । पैसा कमाउन खोलीएको यो अस्पतालले बिरामीको ज्यानमाथी खेलवाड गरेको यो घटना पहिलो भने होइन । एस्ता घटनाले आम जनमानसमा प्रश्न जन्माएको लापरबाही गरेर किन अरुको ज्यानमा खेलवाड गर्छौ र त्यो अधिकार कस्ले दियो भनेर जन आक्रोश बढेको छ ।

गर्भास्था मा रहेको र अस्पताल प्रशासनले बिरामीको अवस्था नखुलाएको कारण पिडित तनाबमा छन र स्थिति भड्किलो हुनसक्ने अवस्था देखिएको छ । पीडितका आफन्तको संख्या आक्रोशित हुदै ॐ हस्पिटल आसपास बढेको पाईएको छ । आमा र बच्चाको मृत्यु  भैसकेको र सो लुकाउनु भेन्टिलेटरमा राखेको नाटक अस्पताल प्रशासनले आफु बच्न मन्चन गरेको पिडितको भनाई छ ।यस्तो अस्पताललाई कारवाही गर्न संबंधित निकायको ध्यान जान जरुरी देखिन्छ ।

Post a Comment

0 Comments