Subscribe Us

प्रचण्डका वरिपरी बाबुरामका सुराकी ?

काठमाडौं । जीवनभर परख गरेको सिद्धान्त र पार्टीलाई भत्किएको घरको संज्ञाा दिँदै नयाँ पार्टी बनाउन जोडतोडका साथ लागिपरेका डा. बाबुराम भट्टराईलाई पछ्याउँदै धेरै एमाओवादी नेता तथा कार्यकर्ताले भट्टराईलाई साथ दिएका छन् ।

एमाओवादीमा रहँदा बाबुरामलाई साथ दिँदै आएका केह ीभने अझै पनि एमाओवादीमै छन् । विगतमा बाबुरामलाई सघाएका यी अनुहारे के बाबुरामलाई चटक्कै छाडिसकेका हुन् त ? धेरैले यस्तो प्रश्न गरिरहेका बेला एमाओवाभित्र बाबुरामले केही सुराक परिचालन गरेको र उनीहरुले कुनै पनि बेला नयाँ शक्तिमा जाने चर्चा छ ।


स्रोतका अनुसार बाबुराम एमाओवादीमा रहँदा उनलाई नजिकबाट सघाएका धेरै नेतासँगै गएका भए पनि केही नेता सांसद भने अझै पनि एमाओवादीमै बसिरहेका छन् ।

उनीहरु गएका भए केही नेता तथा सांसद भने अझै पनि एमाओवादीमै बसिरहेका छन् । उनीहरु एमाओवादी गतिविधिमै औपचारिक रुपमा संलग्न रहेको देखिए पनि भित्रभित्रै भने पेरिसडाँडामा बसेर एमाओवादीकै सुराक गरिरहेको रिपार्ट प्रचण्ड दरबार लाजिम्पाटमा पुगेको छ ।

स्रोतका अनुसार ज्यूज्यान एमाओवादीमा भए पनि मनचित्त भने बाबुराममा रहेका नेतामा व्यवस्थापिका संसदका सांसद् र एक समितिको सभापतिसमेत रहका प्रभु साह अग्रपंक्तिमा छन् ।

 लामो समय बाबुरामको वरिपरी रहेर काम गरेका र बाबुरामकै आशीर्वादमा मन्त्रीसमेत भइसकेका साह हिजोआज एमाओवादीका सांगठनिक गतिविधिमा खासै सक्रिय छैनन् । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments