Subscribe Us

अन्ततः एआईजी भए चार डिआईजी

काठमाडौं । नेपाल प्रहरीका चार डिआईजीले १८ महिनापछि न्याय पाएका छन् । सर्बोच्च अदालतको आदेश पालना गर्दै सरकारले उनीहरुलाई शुक्रबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । 

डिआइजी यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । शुक्रवार गृहमन्त्रालयले गरेको प्रस्तावमा  सरकारले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । 

अदालतको फैसाला अनुसार २९ असोज ०७१ देखि नै तलब पाउने गरी डिआईजीहरूलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गरीएको हो । बढुवा भएका एआईजीहरु अन्य एआईजीहरु र आईजीपीसँगै करिब १० महिना पछि अबकास पाउँने छन् ।

 

Post a Comment

0 Comments