Subscribe Us

क्यासिनोका मालिक नै चोरी धन्दामा !

काठमाडौं । क्यासिनो डिलरका रुपमा चिनिने रोयल क्यासिनोका सुरेन्द्र सिंह राजश्वमारा त हुँदै हुन् अहिले उनका पार्टनरहरुलाई पनि समस्या देखाएर लुटको धन सासुको श्राद्ध भनेझैं गर्न थालेका छन् । 

आफ्ना नजिकका सहयोगी राखेर चिप्स चोरी गर्दै क्यासिनो घाटामा देखाउने सिंह आफुमात्र कमाउने र पार्टनर डुवाउने खेलमा सक्रिय छन् ।  

होटलको भाडा विवाद हँुदा राजबहादुर सिंहले सञ्चालन गरेको बन्द क्यासिनो दश करोड क्यास र क्यासिनोको सबै बक्यौता तिर्ने गरी क्यासिनो सकारेका अर्का राजश्व मारा सुरेन्द्र सिंहले अहिले त्यहि सिको अपनाएका थिए । दश करोडमा क्यासिनो डिल गरेता पनि राजबहादुरलाई एक करोड ६० लाख मात्र बुझाएका सिंहले क्यासिनोको शेयर बिक्री गर्ने नाममा करोडौं रुपैंया असुली सकेका छन् । 

रोयल क्यासिनोको मालिक बन्ने रहरमा सिंहसँग पार्टनरसीप गर्न पुगेका भिम रोक्का र भारतीय नागरिक सेण्डीकोे यतिखेर बिजोग भएको छ । एक रुपैंया पनि पैसा लगानी नगरी सिंह यतिखेर रोयल क्यासिनोको हर्ताकर्ता छन् भने करोडौं रुपैंया लगानी गर्ने रोक्का र सेण्डिको यतिखेर सो क्यासिनोमा कुनै हैसियत छैन । क्यासिनोमा रोक्काले पाँच करोड र सेण्डिले दुई करोड लगानी गरेका थिए । 

क्यासिनोको हर हिसाब देखि सबै क्षेत्रमा सिंहले एकलौटी गर्न थालेपछि पार्टनरबीच विवाद आएको होे । सँधै क्यासिनो घाटामा देखाएर सिंहले मासिक करोडौं रुपैंया कुम्ल्याउने गरेको क्यासिनो स्रोत बताउँछ । रोक्का र सेण्डिलाई शेयर दिने बहानामा करोडौ रुपैंया ठगी गर्न सफल सिंह अहिले नयाँ मुर्गा फँसाउने योजनामा रहेका छन् । सो योजना मुताबिक सिंहले भारतीय मूलका व्यापारीलाई आफ्नो पासोमा पार्न खोजेको स्रोतको दाबी छ । 

बन्द क्यासिनो सुचारु भएपछि भारत पुगेका सिंहले केही भारतीय व्यापारीलाई अब रोयल क्यासिनो कहिले बन्द नहुने भन्दै लगानी गर्ने अनुरोध गर्न थालेका छन् । प्रधानमन्त्री केपी ओली भारत भ्रमण गएकै दिन भारत पुगेका सिंहले प्रधानमन्त्री ओलीको समेत नाम बेच्दै दिल्लीको हायात होटलमा भारतीय व्यापारीसंग रोयलमा लगानी गर्ने अनुरोध गरेका थिए । 

प्रधानमन्त्री ओली र सर्वोच्चका न्यायधिशसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सिंहले ति व्यापारीलाई क्यासिनो रोयलमा लगानी गर्ने उस्काएको स्रोतको दाबी छ । बन्द भएको रोयल क्यासिनो सञ्चालन गर्न आफूले सर्वोच्चका तत्कालिन प्रधान न्यायधिश कल्याण तिमिल्सेना र प्रधान न्यायधिस शुशिला कार्कीलाई दुई करोड रुपैंया दिएको गम्भिर आरोप समेत लगाउन भ्याए । 

न्यायधिशलाई पैसा दिईसकेको हुँदा आफ्नो क्यासिनो कहिलेपनि बन्द नहुने जिकिर सिंहले व्यापारी सामु लिएका थिए । ह्यापी होमको नामबाट आधा दर्जन मिनी क्यासिनो सञ्चालन गर्दै आएका सिंह एक दशक अगाडी क्यासिनो एभरेष्टका समान्य कर्मचारी थिए । ह्यापी होमको नाममा मिनी क्यासिनो सञ्चालन गरेका सिंहले सबै क्यासिनोबाट ५० करोड भन्दा बढी राजश्व चुक्ता गर्न बाँकी छ ।

Post a Comment

0 Comments