Subscribe Us

डेढ दशक पछि गायिका पुनको एकल साँझ दरबारमार्गमा हुँदै

a
काठमाडौं । कुनै समयकी चर्चित गायिका शितल पुनले राजधानीको दरबारमार्गमा आज शनिबार विशेष साँगीतिक साँझको कार्यक्रम प्रस्तुत गर्दैछिन् । 

डेढ दशक लामो समयपछि उनको यो एकल साँगीतिक कार्यक्रम हुन लागेको हो । 

हङकङ र बेलायतमा बस्दै आउनुभएकी पुनले शनिबार साँझ दरबारमार्गमा अवस्थित क्लासिक बर्बन लाउन्ज रेष्टुरेन्टमा आफ्नो साँगीतिक कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । 

डेढ दशक अघि उनले राजधानीका विभिन्न रेष्टुरेन्टहरुमा आधुनिक तथा गजल गीतहरु गाउने गर्दथिन् । त्यतिबेला नै उनका फ्यानहरु धेरै थिए । 

गायिका पुनले प्रस्तुत गर्न लागेको साँगीतिक कार्यक्रममा आधुनिक र गजल गीतहरु हुनेछन् । उनी बढी गजल गीत गाउन रुचाउँछिन् ।

 पुन गायन क्षेत्रमा लागेको करिब दुई दशक बितिसकेको छ । गीत संगीतको माहोलले रंगिने दरबारमार्गमा पुनले लामो समयपछि एकल साँझ गर्न लागेको हुँदा यो कार्यक्रम विशेष हुने क्लासिक बर्बनका सञ्चालक अजय श्रेष्ठले बताए । 

अरु बेलाको भन्दा यो कार्यक्रम धेरैका लागि महत्वपूर्ण र आनन्दमय हुने श्रेष्ठको भनाई छ । दरबारमार्ग युवा पुस्ता माझ ह्याङआउट, रमाईलो गर्ने र गीत संगीतको आनन्द लिने ठाउँ भएकाले गायिका पुनको आगमनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने श्रेष्ठले बताए । 


Post a Comment

0 Comments