Subscribe Us

सशस्त्रकै सेटिङमा मदिरा तस्करी,
एक डिएसपीसहित दुइ इन्स्पेक्टर निगरानीमा

काठमाडौं । सशस्त्र प्रहरी बलमा चार महिना अघि सरुवा भएका एक डिएसपी र दुई इन्स्पेक्टर प्रहरी मुख्यालयको निगरानीमा परेका छन् । कपिलवस्तुको कृष्णनगर भन्सार नाका र बाराका दुई नाकामा कार्यरत डिएसपी र इन्सपेक्टर मुख्यालयको निगरानीमा परेका हुन् ।

मुख्यालयबाट उनीहरूको गतिविधि अनुगामन गर्न एक टोली समेत खटिएको छ । निगरानीमा पर्नेमा कपिलवस्तु कृष्णनगरका गुल्मपति मनोज धिताल र बाराका दुई इन्स्पेक्टर सागर राई र कक्कुराम बुढाथोकी छन् । 

धिताल पूर्व क्षेत्रबाट सिधै कपिलवस्तु पुगेका हुन् भने राई र बुढाथोकी काठमाडौंको घुमुवा टोलीबाट विओपीको कमाण्ड गर्न गएका हुन ।

यि तिनै जना कोषराज वन्तका पालामा घुमुवा रहेका थिए । धिताले त्यहाँको कमाण्डर भएपछि कृष्णनगर नाकाबाट सशस्त्रकै सेटिङमा व्यापक मात्रामा तस्करी हुने गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३९ राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मका गुल्मपति डिएसपी मनोज धितालको संलग्नतामा तस्करी मौलाएको हो । कमाण्ड क्षमता नभएका तर पैसा भनेपछी मरिहत्ते गर्ने डिएसपी धिताल त्यहाँ गएपछि भन्सार राजस्व समेत प्रभावित भएको भन्दै मुख्यालयले उनलाई कडा निगरानीमा राखेको छ । 

मुख्यालयमा प्राप्त भएको विवरणअनुसार गत जेठ महिनामा लक्ष्यभन्दा १ सय २९ प्रतिशत राजस्व संकलन भएको थियो भने आसारमा ४८ तथा श्रावणमा ८६ प्रतिशत बढि राजस्व संकलन भएकोमा डिएडपी धिताल साउन अन्तिममा सो गुल्ममा आएपछि को असोज महिनामा मात्र राजस्व लक्ष्य भन्दा २० प्रतिशत कम संकलन भएको छ । 

यसबाट समेत तस्करी मौलाएको प्रमाणित हुन्छ । उनले हाल तस्करबाट नै मासिक ४ लाखसम्म आम्दानी गर्ने गरेको श्रोत बताउँछ । हाल सशस्त्रको केन्द्रीय लेखामा कार्यरत इन्स्पेक्टर गणेश मल्लको नजिकको भएकोले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै उनले संगठनकै बदनाम गराएका छन् । जसले गर्दा भ्रष्टाचार शून्य सहनसिलताको सशस्त्रको नारा भाषणमा मात्र सिमित हुन पुगेको छ । 

यसका साथै आन्तरिक रुपमा समेत कुनै कमाण्ड र समन्वय गर्न नसक्ने डिएसपी धितालले अत्यधिक मात्रामा बिदा छोडेर राशनमा समेत बदमासी गर्ने गरेका छन् । जसले गर्दा सो गुल्म पश्चिम क्षेत्रमै सबै भन्दा बढी बिदा मिल्ने कार्यालयको रुपमा चर्चित भएको छ । संगठनले आउट भन्ने नै नहुने भन्दै सर्कुलर गरे पनि उनले मातहतका कर्मचारीलाई फोन सम्पर्कमा रहने गरि महिनौंसम्म आउट छोड्ने र राशनको पैसा समेत कुम्ल्याउने गरेका छन् ।

जसका कारण गुल्ममा जनशक्ति कम हुँदा केही समय अघि कृष्णनगरमा फैलन खोजेको धार्मिक दंगामा बाहिरबाट व्यापक मात्रामा थप मद्दत लैजानु परेको थियो । उनको यो हर्कतलाई बुटवलमा रहेको ५ नम्बर बाहिनीले समेत कुनै वास्ता नगर्दा मैले जे गरे पनि हुन्छ भन्ने दम्भ डिएसपी मनोज धितालमा बढ्दै गएको छ ।यो विषयमा सशस्त्र मुख्यालयले उनलाई स्पष्टिकरण समेत सोधेको स्रोतले जनाएको छ । 

सशस्त्र प्रहरी बलमा आइजीपी नियुक्ति भएपछि शुन्य सहनशीलताको अपनाएपछि डिएसपी धिताल त्यसको तारो बनेका हुन । त्यस्तै पूर्व आइजीपी कोषराज वन्तका घुमुवा रहेका सागर राई बारा वीओपीमा गएपछि त्यहाँ पनि तस्करी बढेको छ । उनलाई डिआइजी कविन्द्रमान श्रेष्ठले संरक्षण गरेका छन् । त्यस्तै अर्का इन्स्पेक्टर कक्कुराम बुढाथोकीलाई पनि मुख्यालयले निगरानीमा राखेको छ । राइ र बुढाथोकीले ५० जना रहेको विओपीमा २५ जनालाई मात्रै राखेर अन्यलाई विदामा छाडेको र विहार तिर मदिरा तस्करी गर्न सघाएको आरोप लागेको छ । बाराबाट मदिरा तथा सुपाडी तस्करी हुने गरेको छ । 

Post a Comment

0 Comments