Subscribe Us

रसुवाको उत्तरगया गाउँपालिकामा आयुर्वेद औषधालय स्थापना


रसुवा, १७ पुस । रसुवा जिल्लाको दक्षिण क्षेत्रमा रहेको उत्तरगया गाउँपालिकामा आयुर्वेद औषधालय स्थापना गरिएको छ ।

गाउँपालिका र स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको उक्त औषधालय डाँडागाउँमा निर्माण भएको हो । औषधालयको स्थापनासँगै सोही गाउँपालिकाको वडा नं १,२ र ३ साथै छिमेकी जिल्ला नुवाकोटका  किस्पाङ गाउँपालिकाका जनताले पनि सेवा पाउनेछन् ।

औषधालयको सोही गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले सोमबार एक समारोहका बीच उद्घाटन गर्नुभयो । औषधालय निर्माणसँगै सोही जिल्लाका सांसद मोहन आचार्यले लिएको समृद्ध रसुवा निर्माण गर्ने लक्ष्य पुरा हुँदै गएको छ । 

Post a Comment

0 Comments