Subscribe Us

मन्त्री अधिकारीको निधन मुलुकलाई अपुरणीय क्षति : पूर्वमन्त्री खड्का


काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दिपक खड्काले संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीको निधन मुलुकका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ ।

पूर्वमन्त्री खड्काले आज एक विज्ञप्ती जारी गरी शालिन व्यक्तित्वका धनी मेरा अनन्य मित्र आशालाग्दा युवा नेता अधिकारीको निधनले आफुलाई अत्यन्त दुखित बनाएको बताउनुभयो । “वहालवाला मन्त्रीको निधन मुलुकका लागि अपुरणीय क्षति हो,”–उहाँले भन्नुभयो ।

उहाँले दुर्घटनामा मन्त्री अधिकारीसँगै निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल , मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधनमा समेत दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वमन्त्री खड्काले मृतकमन्त्रीसहितको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

Post a Comment

0 Comments