Subscribe Us

प्रहरी एकेडेमीमा नामुद चन्दन तस्करको दाँत झरेपछि.........

काठमाडौं । बदनाम दुई ठेकदारको कारण प्रहरीका एक चर्चीत अधिकृत फेरि विवादमा तानिएका छन् । लेनदेनको मुद्दा मिलाउन खोज्दा नेपाल प्रहरीका चर्चीत एसपी भूपेन्द्र खत्री विवादीत बनेका हुन् । 

चिनजान र साथीभाईको नाताले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर गएर दुई बिबादित ठेकेदारलाई कार्यकक्षमा बोलाएर ५ करोडको लेनदेन मुद्दा मिलाउन खोज्दा एसपी खत्री विवादमा तानीएका हुन् । नेपाली सेनामा रासनको सप्लाई गर्दै आएका दोलखाका चन्द्र घिसङ र अर्का व्यक्ति मिन केसीको आर्थिक लेलदेनको मुद्दा मिलाउन गत साता एसपी खत्रीले आफू कार्यरत नेपाल प्रहरीको महाराजगंन्जस्थित तालिम केन्द्रमा दुई बोलाएका थिए । 

प्रहरी नायव निरक्षकबाट राजीनामा दिएका मिन केसीको योजनामा ठेकदार तथा कुनै ताकाका नामुद चन्दन तस्कर घिसिंङलाई एसपी खत्रीले फोन गरेर तालिम केन्द्रमा बोलाएका थिए । दश बर्षदेखिका चिनजान रहेका घिसिङ एसपी खत्रीको बोलावटसँगै तालिमकेन्द्र पुगेका थिए । एसपी खत्रीको कार्यकक्षमा खत्रीसहित गत सातामात्र एसपीमा बढुवा सिफारिस भएका डिएसपी रबिन्द्र रेग्मी र मिन केसी थिए । 

मिन केसीले आफ्नो पैसा एक बर्षदेखि नदिएको भन्दै घिसिङलाई झपार्न थाले । घिसिङले पैसको लागि केही समय लाग्ने जवाफ दिन साथ मिन केसीले घिसङको अनुहारमा मुक्का प्रहार गरे । केसीको मुक्काबाट घिसिङको अगाडीको दाँत छरेको स्रोत बताउँछ । घिसिङको दाँत छरेपछि एसपी खत्रीले उनलाई तत्काल अस्पलात लैजाउ भन्दै डिएसपी रेग्मीको जिम्मा लगाएर बाहिर पठाएको तालिम केन्द्र स्रोत बताउँछ ।

दवै विवादित व्यक्तिसँग प्रहरीमा राम्रा अधिकृतका रुपमा चिनिएका एसपीको यो साईनो र पैसा उठाउने धन्दाले उनको चरित्रको उजागर समेत गरेको छ । कानुनका रक्षक मानिने नेपाल प्रहरीका अधिकृतले गैर कानुनी तरिकाबाट बजारमा बिबादित रुपमा परिचित केसी र घिसिङको आर्थिक लेनदेनको अवैध धन्दाको हिसाब मिलान गर्न किन आबाश्यक प¥यो?  

कमिशनको चक्कर हो या केसीको अबैध लगानीमा प्रहरीका यी अधिकृतको पनि लगानी हो भन्ने प्रश्न उब्जिएको छ । सेनामा नक्कली सामान सप्लाई गरेर व्याकलिस्टमा परेका घिसिङ कुनै बेला बिचौलियाको धन्दा समेत गर्थे । 

प्रहरी ईन्काउन्टरमा मारिएका कुमार घैंटेलाई हातहतियार मुद्दाबाट छुटाउने नाममा उनले राम्रौ पैसा असुलेका थिए । गुण्डागर्दीमा नाम मुछिएका व्यक्तिलाई प्रहरी लगाएर पक्राउ गराउने र आफै डिल गरेर छुटाउने गरेको आरोप उनी माथि गुण्डा सर्कलले लगाउने गरेको छ । 

चन्दन तस्कर गरेर केही पैसा कमाएका घिसिङ पछिल्लो समय सेनामा ठेक्का पट्टाको र रासनको सप्लाई गर्दै आएका छन् । केसी भने प्रहरीबाट जागिर छाडेर मिटर व्याजको धन्दामा सक्रिय छन् । नेपाल प्रहरीका हाकिमको नाम बेच्दै प्रहरीको हाकिमको पैसा भन्दै केसीले मिटर व्याजमा लगानी गर्दै आएका छन् । घिसिङलाई तिन करोड दिएर केसीले १२ करोडको चेक लिएको स्रोत बताउँछ । 


Post a Comment

0 Comments