Subscribe Us

टुरिष्ट बस एशोसियशनको अध्यक्षमा आचार्य उठ्ने


काठमाडौँ, २१ भदौ । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को अध्यक्षमा कृष्ण आचार्य उठ्ने भएका छन् ।

करिब दुई दशकदेखि पर्यटकीय बसमार्फत मुलुकको पर्यटन क्षेत्रको विकासमा लागेका आचार्यले आगामी असोज ११ गते हुन लागेको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ निर्वाचनमा अध्यक्ष उठ्न लागेका हुन् ।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरा महानगरपालिका–३३ भरतपोखरी जामुनाबोट निवासी आचार्य नेपाल भ्रमण वर्षलाई सफल बनाउन आफु अध्यक्ष लड्न लागेको बताए ।

वर्तमान कार्यसमितिको महासचिव पदमा रहेर मुलुकको राजधानी काठमाडौँमा पर्यटकीय बसपार्कको आवश्यकता महसुस गरी सक्रिय भूमिका निर्वाह गरेका थिए । “राजधानी काठमाडौँमा पर्यटकीय बसपार्क निर्माण सम्पन्न गर्नका लागि पनि मेरो अध्यक्षमा उम्मेद्वारी हो,”–उनी भन्छन् ।

करिब चार दशक लामो पर्यटकीय बस सेवालाई एकीकृत गर्न विस २०५० को दशकमा सुरु गरिएपनि एशोसियशन निर्माण गरेर पर्यटक बसको हक हितमा लागेको विस २०६७ सालबाट मात्र हो ।

नेपाल भ्रमण वर्ष २०२० मा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलसम्म पु¥याउने प्रमुख दायित्व टिवानको रहेको छ । अध्यक्ष आचार्य टुरिष्ट बस एशोसियशनलाई नमूना रुपमा अगाडि बढाउने बताउँछन् ।

Post a Comment

0 Comments