Subscribe Us

रसुवाको वेतिनीमा पहिरो, सांसद आचार्यद्धारा निरीक्षण


काठमाडौँ, २१ भदौ । रसुवाको कालिका गाउँपालिका–३ वेतिनीमा पहिरो गएको छ ।
कमजोर भू धरातल भएको रसुवाको कालिका गाउँपालिकामा ३ वेतिनी धुसेनीमा वर्षाका कारण पहिरो गएको हो ।

उक्त पहिरोको शुक्रबार रसुवाका प्रतिनिधीसभा सदस्य मोहन आचार्य, प्रदेश सभा सदस्य प्रेम तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साललगायतले निरीक्षण गर्नुभयो ।

सोही अवसरमा सांसद आचार्यले रसुवाको पहिरोको जोखिममा रहेको वस्तीको अध्ययन गरेर पहिरो रोकथामका लागि आवश्यक पहल थालिने बताउनुभयो । “रसुवा जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो, यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरीनेछ,”–उहाँले भन्नुभयो ।

विस २०७२ वैशाख १२ को भूकम्पले रसुवा जिल्लालाई हल्लाएपछि यस जिल्लामा धेरै पहिरो जाने गरेको छ ।

Post a Comment

0 Comments