Subscribe Us

भरुवा बन्दुक र मारेको बँदेल सहित ४ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-६ गौंडे आहालको जंगलबाट भरुवा बन्दुक २ थान र मरेको जंगली बँदेल सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-६ पानवारी बस्ने ३० वर्षीय मणि राई, २६ वर्षीय सिद्धार्थ राई, ३९ वर्षीय राम बहादुर योन्जन र ३० वर्षीय सम्भु दाहाल रहेका छन् ।

उक्त स्थानमा प्रहरी चौकी पानवारी धरानबाट खटिएको गस्ती प्रहरी टोलीले को२० प८७१६ र ना।१४ प ६४३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

Post a Comment

0 Comments