Subscribe Us

शिक्षासेवी डा द्रोणकुमार पौडेलको निधन


काठमाडौँ, १६ माघ । लोकवार्ताका अध्येता, शिक्षासेवी डा द्रोणकुमार उपाध्याय पौडेलको निधन भएको छ ।

लामो समय मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राध्यापन गरी सेवा निवृत्त हुनुभएका डा पौडेलको बुधबार राती ९ बजे झापामा निधन भएको हो  । शिक्षासेवी, साहित्यीक, प्राज्ञिक र सामाजिक कार्यमा लाग्नुभएका पौडेल आमासयको अबुद्र्ध रोगबाट पीडित हुनुहुन्थ्यो ।

त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पसमा नेपाली विषयका निवृत्त प्राध्यापक स्वर्गीय डा पौडेलले लोकसाहित्य तथा समालोचना  अध्ययनसम्बन्धि विभिन्न पुस्तकहरु लेख्नुभएको थियो । विस २००६ सालमा स्वर्गीय टिकाराम उपाध्याय पौडेल तथा भोजमायाका पुत्रका रुपमा भारतको आसाम राज्यअन्तर्गत सोनितपुर जिल्लाको बाटियामारीमा जन्मनुभएका पौडेलले मेची बहुमुखी क्याम्पसमा ३२ वर्ष अध्यापन गराउनुभएको थियो ।

स्वर्गीय पौडेलका श्रीमति मिरा, छोरा यशवन्त, छोरीहरु योगिता र यौवनिका हुनुहुन्छ । उहाँको बिहिबार वैदिक विधिपूर्वक देउनिया खोलामा अन्त्येष्टि गरिएको छ ।

Post a Comment

0 Comments