Subscribe Us

बेलायत ईयूबाट आधिकारिक रुपमा बाहिरियो

 बेलायत आधिकारिक रूपमा युरोपेली सङ्घ (इयू) बाट अलग्गिएको छ। योसँगै इयू र बेलायतविचको करिब आधा शताब्दि लामो सम्बन्ध अन्त्य भएको छ।

बेलायतका मतदाताले साढे तीन वर्षअघि इयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।
बेलायत इयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ।

सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए।

त्यसपछि बेलायत इयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुपर्‍यो।

यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरबदल भए।जनमतसङ्ग्रह लगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए।

त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु र लागु गर्नु थियो।

तर ब्रक्जिटका विभिन्न सर्तहरूबारे सांसद्‍को समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिइन् र अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आइपुग्यो।

प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए।

प्रधानमन्त्रीको भनाइ
युरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके जीएमटी अनुसार राति ११ बजे अलग्गिएको हो।

अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले ूधेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियोू भनेका छन्।

ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्‍याली, उत्सव र मैनबत्ती बालेका छन्।

यूकेले सङ्क्रमणकालू शुरू गर्ने भएकोले परिवर्तन चाहिँ खासै देखिने छैन।

कानुनहरू कायमै
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन्।

जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।

त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि 'देश अगाडि बढ्नुपर्थ्योू र युरोपली सङ्घसँग 'राम्रो सम्बन्ध बनाइरहनुपर्थ्योू भनेका छन्।

विना आधार अमेरिकासँग सम्झौत गर्न हामफाल्न नहुनेू पनि उनले बताए।

उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिने दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए।

जनमतसङ्ग्रहका बेला ईयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि 'आजको दिन आफ्नो देशका लागि निकै ठूलोू भएको बताएका छन्।

उनले ब्रिटेनका जनताको रोजाइ सफल हुन्छू भन्ने विश्वास लिएको पनि बताए।


ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भनेस् 'अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौं। संस्थापनकोविरुद्ध लड्ने मानिसका लागि यो ठूलो जित हो।'

शुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो।

'ब्रेक्जिट गर्नेू प्रतिबद्धतामा गत डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्‌मार्फत्‌ यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए।

योसँगै जनमतसङ्ग्रहपछि भएका तीनवर्षभन्दा लामो समयको राजनीतिक तर्कवितर्कको अन्त्य भएको छ।

उक्त जनमतसङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो।


प्रधानमन्त्रीले सन्डरल्याण्ड शहरमा मन्त्रिपरिषद् बैठक गर्दैछन्।

जनमतसङ्ग्रहपछि ब्रेक्जिटको पक्षमा मतपरिणाम आएको घोषणा गर्ने पहिलो शहर सन्डरल्याण्ड नै हो।

सन् २०१६ मा ईयूबाट यूके बाहिरिनुपर्ने भन्दै अभियान चलाएका प्रधानमन्त्री जोनसनले आशावादी सन्देश दिने प्रयास गरेका छन्।

'आजको रात भन्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो शुरूवात हो,' डाउनिङ स्ट्रिटमा खिचिएको भिडिओ सन्देशमा उनले भने।

'यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।'
बीबीसी

Post a Comment

0 Comments