
एक महिलामाथि जवर्जस्ती बलात्कार गरेको आरोप लागेका एसएसपी राणाको मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलले १० दिनको समय मागेपनि अदालतले ५ दिन समय दिएको हो। सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले राणमाथि अनुसन्धान गर्न ५ दिनको समय दिएको हो।
म्याद थपपछि अदालत परिसरबाट बाहिरिदा राणाले आफुमाथि झुटो आरोप लगाइएको र केहिदिन भित्र सबै सत्य तथ्य बाहिर आउने प्रतिक्रिया दिएका थिए।
अदालतबाट आइतबार पक्राउ आदेश जारी भएलगत्तै एसएसपी राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनलाई सरकारी वकिलको कार्यालय इनरुवा मार्फत सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।
0 Comments