काठमाडौ । नेपाल प्रहरीभन्दा आधा कम जनशक्ति भए पनिसशस्त्र प्रहरी बलले राष्ट्रसंघीय मिसनमा दोब्बर अवसर पाएको छ । नेपाल
प्रहरीको जनशक्ति ६७ हजारभन्दा धेरै छ भने सशस्त्र प्रहरी बल ३६ हजारको
संख्यामा मात्र छ । तर, राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीबाट दुई सय
८० मात्र खटिदा सशस्त्र प्रहरीबाट पाँच सय ८० जना खटिने भएका छन् ।
पछिल्लोपटक राष्ट्रसंघले सशस्त्र प्रहरीलाई एफपियू मिसनमा दुई सयजनाको कोटा
थपेपछि सशस्त्रको सहभागिता बढेको हो ।
राष्ट्रसंघले
सशस्त्र प्रहरीलाई गत महिना मत्र दक्षिण सुडानमा नयाँ मिसनसहित दुई सय
नयाँ कोटा दिएको हो । योसँगै राष्ट्रसंघ शान्ति मिसनमा एकपटकमा पाँच सय ८०
शसस्त्र प्रहरी खटिनेछन् । लाइबेरियामा
तीन वटा तथा दक्षिण सुडानमा एउटा गरी सशस्त्र प्रहरीको चारवटा एफपियू मिसन
भएका छन् । नेपाल प्रहरीतर्फबाट हाइटी र सुडानका दुई मिसनमा गरी जम्मा दुई
सय ८० जना मात्र छन् । हाइटीको एफपियू मिसन पनि बन्द हुने क्रममा रहेकाले
नेपाल प्रहरीको शान्ति सेनामा जाने अवसर खुम्चदै छ ।
नयाँ
मिसनका लागि लबिङ गर्न नसक्दा नेपाल प्रहरीले अवसर गुमाउँदै गएको हो ।
दूिक्षण सुडानमा मिसन थप्न सशस्त्र प्रहरी त्यहाँ गत वर्ष द्वन्द्व सुरु
भएदेखि नै लबिङमा लागेको थियो । त्यही लबिङका कारण लाइबेरियाको एक टोली गत
वर्षदेखि नै ‘इन्टरमिसन कोअपरेसन’ अन्तर्गत त्यहाँ खटाइएको थियो । गत महिना
दक्षिण सुडानकै लागि राष्ट्रसंघले अर्को मिसन थपिदियो । तर, नेपाल
प्रहरीका अधिकारीले दक्षिण सुडानमा एफपियू मिसनका लागि कुनै प्रयाससमेत
गरेनन् ।
सुरक्षा
निकायका शान्ति मिसनमा सहभागितालाई आकर्षक अवसरका रुपमा लिइन्छ । एफपियू
मिसनमा खटिनेले मासिन एक लाख तथा अनपोल मिसनमा खटिनेले मासिक करिब तीन लाख
रुपैयाँ कमाउँछन् । तर, पछिल्लो सयम नेपाल प्रहरीमा एफपियू र अनपोल दुबै
थरी मिसनमा अवसर पाउन गाह्रो हुन थालेको छ । अनपोल मिसनका लागि परीक्षा पास
गरेको वर्ष दिन वित्दा पनि धेरै प्रहरी अधिकारीले अवसर पाउन सकेका छैनन् ।
0 Comments