काठमाडौं । सार्बजनिक यातायातमा हुने यौंनजन्य दुव्यंबहार बिरुद्ध प्रहरीले बिषेश अभियानको सुरुवात गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी निरक्षक पुर्णीमा चन्दको कमाण्डमा उक्त अभियानको थालनी गरेको जनाएको छ ।
आत्म सम्मानका साथ सार्वजनिक सवारी साथनमा यात्रा गर्न पाउनु तमाईको अधिकार हो । भन्ने नाराका साथ परिसरले यौंनजन्य दुव्यंबहार बिरुद्ध अभियानको सुरुवात गरेको छ ।
यात्राको क्रममा कसैले यौंनजन्य आशयले शरीरको कुनै अंग छोएमा, छुने प्रयास गरेमा, बोलेमा वा ईशाराले अश्लिलता प्रकट गरेमा यौनजन्य आशयले जिस्काएमा चुप नबसी प्रहरीलाई खबर गर्न समेत अनरोध गरेको छ ।
यात्राको क्रममा कसैले यौंनजन्य आशयले शरीरको कुनै अंग छोएमा, छुने प्रयास गरेमा, बोलेमा वा ईशाराले अश्लिलता प्रकट गरेमा यौनजन्य आशयले जिस्काएमा चुप नबसी प्रहरीलाई खबर गर्न समेत अनरोध गरेको छ ।
यौन दुब्यंबहार गर्ने बिरुद्ध कानून बमोजिम कारवाही गर्ने प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धसमेत जनाएको छ । परिसरका एसएसपी बिक्रमसिंह थापाले भने, हिंसा सहनु भनेको हिंसा गर्नेलाई प्रोत्सान गर्ने हो, एक व्यक्तिले हिंसा बिरुद्ध उठाएको एक आवाजले अन्यलाई समेत पीडित हुनबाट जोगाउँछ ।
ईन्सपेक्टर चन्दको कमाण्डमा सार्बजनिक यातायातमा साझा पोशाकमा प्रहरी परिचालन गरेर महिलामाथी गिद्दे नजर लगाउनेको खोजी सुरु गरेको एसएसपी थापाले बताए । ईन्सपेक्टर चन्द महानगरीय प्रहरी परिसर महिला तथा बाल बालिका सेवाकेन्द्र कालिमाटीमा कार्यरत छिन् ।
0 Comments