Subscribe Us

पेस्तोलको साहारामा गुण्डा

काठमाडौं । हतियार धारी गुण्डामाथी प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपनि केही टोले गुण्डाले भने राजधानी मै हतियार भिरेर हिड्ने गरेको प्रमाण फेला परेको छ । 
महानगरीय प्रहरी परिसरले सुक्रवार हतियारको आडमा व्यापारी तथा ठेकदारलाई भम्क्याएर रकम असुली गर्ने रामेछाप वेतालीका २८ वर्षिय सुमन खड्कालाई पक्राउ गरेपछि गुण्डाले हतियार बोक्न नछोडेको पुष्टि भएको हो । 

खड्कालाई दुई राउण्ड गोली लोड भएको पेस्तोलसहित महानगरीय प्रहरी बृत्त बानेश्वर र परिसरको टोलेली संगमचोकबाट पक्राउ गरेको हो ।  रामेछाप, दोलखा , काभ्रे लगायतका जिल्लाहरुमा पेटी ठेकेदारलाई धम्काएर रकम असुल्न खड्काले हतियारको प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

 उनको साथबाट सेनाको ड्रेस लगाएको फोटो समेत भेटिएको प्रहरीले जनाएको छ । विभिन्न देशका मुद्राहरु समेत खड्काको साथबाट बरामद भएको र उनी लामो समयदेखि गुण्डागर्दी र ठेक्कापट्टामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments