Subscribe Us

अण्डरवल्ड डन दाउद ईब्राहीमका नेपाली सदस्य सिआईबीको फन्दामा

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी ले पहिलो पटक ल्याण्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा अण्डरवल्ड डन दाउद ईब्राहीमका एक सदस्यलाई पक्राउ गरेको छ । 

नक्कली भारुको कारोबारमा पटक पटक मुछिएका रबिराज सिंहलाई सिआईबीले कलबाईपास गरेको आरोपमा पक्राउ गरेको हो ।  सिंहलाई तिहारअघि नै सिआइृबीले पक्राउ गरेको हो । 

प्रक्राउ परेका सिंहले श्रीलंकाली गिरोहको सहयोगमा कलबाईपास गर्दै आएको सिआईबीका्् अनुसन्धानबाट खुलासा भएकोे छ ।  नक्कली भारुको अभियोगमा जेल पुगेका सिंह जेलबाट रिहा भए लगत्तै कलवाइपासको धन्दामा सक्रिय भएको सिआईबीले जनाएको छ ।

 सिहले नुवाकोटका कान्छा गुरुङको नाममा  अबैध कारोबार सुरु गरेको सिआइृबीको दाबी छ । सिंहले गुरुङको नामबाट अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा  कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको खुलासा भएको छ । सिंहले गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएर राखेको सिआईबीले जनाएको छ । 

 सिंहले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएका थिए ।  सिंह उनै व्यक्ति हुन जसलाई बिषेश व्यूरोको सहयोगमा काठमाडौं प्रहरीले २०७० मा नक्कली भारुको कारोबारमा पक्राउ गरेको थियो ।   एक करोड नक्कली भारु सहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेपछि उनिहरुकै बयानको आधारमा सिंह प्रहरीको फन्दामा परेका थिए ।  नक्कली भारुका भरिया नरुल्लाहकै वयानको आधारमा  सिंह, पक्राउ परेका थिए ।

Post a Comment

0 Comments