Subscribe Us

सुजातालाई क्यान्सर

काठमाण्डौं । क्यान्सर रोगबाट पीडित भएका नेपालका उच्चतम राजनीतिक कोइराला परिवारका थप एक सदस्य क्यान्सरबाट पीडित भएको खबर बाहिर आएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा कांग्रेस नेतृ कोइरालाको उपचार खर्चबारे विवाद भएपछि उनलाइ क्यान्सर भएको खबर बाहिर आएको हो ।

केही समयअघि एसियाली राजनीतिक दलहरूको संस्था ‘आइक्याप’ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मलेसिया पुगेका बेला अस्वस्थ्य भएपछि एक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा उनमा स्तन क्यान्सरको प्रारम्भिक अवस्थाको लक्षण देखाएको थियो ।
परिक्षणको रिर्पोट आएपछि नेत्री कोइरालाले राजधानीमा रहेका क्यान्सर विज्ञसँग यसबारे परामर्श लिँदा उनको क्यान्सर प्रारम्भिक अवस्थामा रहेको बताएका थिए । चिकित्सकको सल्लाहअनुसार सुजाता कोइराला सिंगापुरमा थप उपचारका लागि जाने तयारीमा छिन् ।
कोइराला परिवारमा यस अघि बिपी कोइराला, गिरिजाप्रसाद, सुशील कोइराला, बिपीकी बहिनी बुनु र मनीषा कोइराला क्यान्सरबाट संक्रमित भएका थिए ।

Post a Comment

0 Comments