Subscribe Us

फेसबुकबाट ‘सेक्स’ धन्दा,
गुरागाइँबाट पीडित बने दर्जनौं युवा

काठमाडौं । राजधानीमा रंगीन सपना देखेर आउने युवा युवती धेरै छन् । कतिपयका सपना पूरा पनि भएका छन् भने कतिपय युवा युवती सडकमा पुगको थुप्रै उदाहरणहरु पनि छन् । 

अझ कतिपय युवा युवतीहरू त अपराधमा पनि संलग्न रहेका तथ्यांक प्रहरीमा छ । राजधानीमा सपना पूरा गर्न आएकी एक त्यस्तै युवती अहिले युवाहरूलाई आफ्नो माया प्रेमको जालमा फसाएर रकम असुलीको धन्दा चलाइरहेकी छन् । 

कसैलाई इटहरी त कसैलाई धरान घर बताउने ती युवतीले आफ्नो नाम ‘सम्पा गुरागाइँ’ भएको बताउने गरेकी छन् । तर, उनको बास्तविक नाम अर्कै रहेको गुरागाइँबाट पीडित एक युवकले बताए । 

राजधानीका विभिन्न स्थानमा दुई–दुई महिनामा डेरा सार्ने गरेकी गुरागाइँले धनकुटा घर भएका जगदीश श्रेष्ठ, धरानका सचिन लामा, मार्केटिङ अफिसर किरण लिम्बू, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत अभयचन्द्र पाठक र धनकुटाका लक्ष्मण अधिकारलाई आफ्नो शिकार बनाइ सकेकी छन् । 

यी पीडितमध्येका एक युवकले भने–‘यो केटीले ब्ल्याकमेलिङ गरेर हैरान बनाएकी छ । फोन गरेर हैरान बनाउँछे । प्रहरीमा पनि कसरी उजुरी गरुँ ? आफै फस्ने डर लाग्छ । म त हैरान भइसके ।’ ती युवकले आफू पटक–पटक गुरागाइँको रुममा गएर रात बिताउने गरेको बताए । तपाई आफै फस्ने अनि गुरागाइँलाई दोष दिने ? भन्ने प्रश्नमा ती युवकले भन्छन्–‘सँधै विभिन्न वहानामा पैसा मागिरहने । त्यसपछि म झस्किएँ । यो केटी त डेञ्जर रहीछ भन्ने लागेको छ ।’ हुन त गुरागाइँले उनीहरूसँग रकम लुटेको कुनै प्रमाण पीडित युवकहरूले दिन सकेका छैनन् । 

तर फोनकल, फेसबुकको म्यासेञ्जरमा रहेका म्यासेज आदिबाट भने गुरागाइँले युवकहरूलाई सेक्स जालमा फसाएर राम्रैसँग असुली धन्दा चलाएको पीडितहरूको भनाइबाट खुल्छ । गुरागाइँले फेसबुक च्याटमा एक युवकसँग गरेको ‘सेक्स’ सम्बन्धी कुराकानी हाम्रो हात परेको छ । पीडित युवकसँग गुरागाइँले गरेको कुराकानी पढ्नै नसक्ने ‘भल्गर’ छन् । हुन त ती युवती पहिला पनि जलउत्पन विभागका ड्राइभर सुन्दर शर्मासँग लामो समयसम्म ‘सेक्स रिलेशन’ मा थिइन् । अहिले पनि सम्मा गुरागाइँ र सुन्दर शर्मालाई डेरामा बाक्लै भेटाउने गरेको गुरागाइँकी एक केटी साथीले बताइन् । 

गुरागाइँले सामाजिक सञ्जाल फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाउने थुप्रै फेकफेसबुक एकाउन्ट पनि छन् । साथी भइसकेपछि ‘सेक्सी’ गफ गरेर युवाहरूलाई आकर्षित गर्ने गरेको ती पीडित युवकले बताए । ‘मसँग पनि उनले सुरुवातमै फेसबुकमा सेक्सी कुरा गरिन्’, उनले भने–‘के गर्ने अरु कुरा ध्यान दिइएन । फसिहाँले । अहिले छुटकारा पाउन गाह्रो भयो ।’ तर, पीडित युवकहरूले गुरागाइँले पैसा मागेर धेरै सताउने हो भने बाध्य भएर प्रहरीमा उजुरी गर्ने समेत बताएका छन् ।

Post a Comment

0 Comments