काठमाडौं । बहु राष्ट्रिय कम्पनीका रुपमा नेपालमा पनि पेय पदार्थ उत्पादन र विक्रि गरिरहेको बरुण बेभरेजको उत्पादन ड्यूको बोतलभित्र गुट्खा मिसाइएको फेला परेको छ ।
कम्पनीले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्नेगरी ‘पराग गुट्खा’को प्याकेट नै बोतलभित्र राखेर ड्यूलाई बजारमा ल्याएको जनप्रहारले फेला पारेको छ ।
बरुण बेभरेजले बजारमा ल्याएको उक्त पेय पदार्थको बोतल जनप्रहारसँग सुरक्षित रहेको छ ।
विश्वबजारमा राम्रो मानिने बरुण बेभरेजले करोडौं रकम खर्च गरी विज्ञापन गरी पेय पदार्थको बजारमा नियन्त्रण जमाउने काम गरिरहेको छ ।
तर, जनतालाई प्रत्यक्ष असर पर्नेगरी उत्पादनमा खेलाँची गर्दै बजारमा ल्याउन थालेको छ ।
आफ्नो उत्पादनको विषयमा जानकारी लिनका लागि बरुण बेभरेजमा जनप्रहारले कुराकानी गर्न खोज्दा कुनैपनि प्रतिक्रिया आउन सकेन ।
0 Comments