नेविसंघ
नेता पाण्डेले जुध्न रहर भए महरले बोलाएकै ठाउँमा गएर लड्न आफु तयार रहेको बताएका
छन् । उनले फेसबुकवालमा चेतावनी दिँदै लेखका छन्, ‘अझै भिड्ने र जुध्ने रहर
पुगेन तपाईंलाई भने सम्झनुस् लोकतन्त्र र नेपाली जनमानसमा गर्व हुने गरि म सुमन
पाण्डे नेविसंघ केन्द्रीय सदस्य तयार छु तपाईले भनेकै ठाउँमा लड्न । सद्वुद्धि र
प्रगतिको लागि आशिर्वाद लिएर आउनुस् ।’ उनले कांग्रेस सांसद थापा
संसदमा देश कसरी चलाउने बिषयमा छलफलमा रहेको थाहा छ कि छैन भन्दै प्रश्नसमेत गरेका
छन् ।
‘राष्ट्रिय राजनीति गर्ने
हैसियत छैन वा दिन्नन् तपाईंका नेताले भने नेकपा छाड्दिनुस् आउनुस् लोकतान्त्रिक
आन्दोलनमा सँगै हात मिलाउन हामीसँग । त्यति पनि तपाईं तयार हुनुहुन्न भने गगन
थापाको नाम जप्न छाड्दिनुस् ,’ पाण्डेलेले लेखेका छन्, ‘तपाईंको त्रिचन्द्रमा सयौं
नेविसंघ छन् लोकतन्त्र र न्यायका पहरेदार तपाईंले पशुपतिमा बोकेको बन्दुक र
तपाईंले भिमसिहं गुरुङलाई ताकेको गोलि थाप्न तयार ।’
0 Comments