Subscribe Us

बेलिज क्यासिनोले लियो मनोजको ज्यान ! नेपाली छिराउने प्रहरीलाई घुस बुझाउने

 काठमाडौं । पर्यटन विभागले अनुमती नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेलिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण जनप्रहारले फेला पारेको छ ।नेपाली नागरीकलाई भारतीय नक्कली कार्ड बनाई बेलिज क्यासिनोले नेपालीलाई लुट्ने गरेको हो । बेलीज क्यासिनोले बिषेश गरी भारतीय मुलका तर नेपाली नागरिकता लिएका ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई जुवा खेलाउँदै आएको अहिले थाहा भएको हो । 

बेलीजले जुवा खेलाउने मात्र होईन सेटिङ मिलाएर क्यासिनोको ग्राहकलाई लुट्ने गरेको समेत स्रोत बताउँछ । क्यासिनोका मालिक बाबा उर्फ ज्ञानेन्द्र श्रेष्ठ कुनै ताकाका आफैं नामुद जुवाडेका रुपमा चिनिन्थे । क्यासिनो स्रांगिलामा चिटिङ गरेको पत्तो लगोपछि बाबाको लागि नेपालका क्यासिनोमा प्रवेशमा रोक लागेपनि सिंगापुर र श्रीलंका पुगेका बर्षदेखि क्यासिनो बेलिज आफैले सञ्चालनमा ल्याएका छन् ।

उनको क्यासिनोमा हार्नै पर्ने नियम रहेको र कोहीले जुवामा जिते चिटिङ गरेर जितेको भन्दै बाबाले पैसा नदिने गरेको स्रोत बताउँछ । गत साता सिक्कीमबाट आएका लाक्पा शेर्पाले जितेको ४० लाख रकम अहिले बाबाले चिटिङ गरेर जितेको भन्दै प्रहरीमा धाउन थालेका छन् । उक्त गेम खेलाउने डिलर एक महिलालाई समेत उनले नियोजित तरिकाले कामबाट निस्कासन गरेर आफू निकट घुस्याहा प्रहरीको मिलोमतोमा टर्चर दिने गरेको पीडितले बताएका छन् । 

नेपालका केही घुस्याहा प्रहरी र भ्रष्टाचारी नेताको आर्शिवाद पाएपछि बाबाले अहिले बेलिज क्यासिनोको नाममा अबैध धन्दा गर्न थालेको स्रोत बताउँछ । पटक–पटक गरेर एक नेपाली व्यापारीले क्यासिनो बेलिजमा ८ करोड रुपैयाँ हारेपछि गत सात उनले आत्महत्या गरेका छन् । 

सिफलमा बस्ने र न्यूरोडमा कपडा पसल गर्दै आएका मनोजकुमार तिर्खाले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको प्रमूख कारण क्यासिनो बेलिज भएको उनलाई नजिकबाट चिन्हेहरू बताउँछन् । क्यासिनोले उनलाई भिआइपी खेलाडीको रुपमा राखेको थियो । उनलाई भिआईपी कार्ड नंम्बर ६९२ दिईएको थियो । क्यासिनो स्रोतका अनुसार उनलाई क्यासिनोले चिटिङ गरेर लुटेको थियो । 

आत्महत्या पश्चात प्रहरीको अनुसन्धानबाट उनलाई लिन पु¥याउन क्यासिनोको गाडी घरमै आउन जाने गरेको खुलीसकेको छ । उनले बोकेको मोबाईल नम्बरको कल रेकर्ड लिस्ट हेर्ने हो भने पनि बिभिन्न प्रलोभनमा क्यासिनो बेलिजले उनलाई जुवा खेल्न बोलाउने गरेको खुलेको छ । पछिल्लो समय बिना अनुमती राजधानीका अधिकांश क्यासिनोले अबैध रुपमा अनलाईन जुवा समेत खेलाउन थालेका छन् । पर्यटन विभागबाट क्यासिनो सञ्चालनको अनुमति नै नपाएको क्यासिनोलाई सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले ठूलै रकमको चलखेल पछि अन्तिरम आदेश दिएका थिए । 

जोशीका परिवालाई पटक–पटक श्रीलंका घुम्ने, बस्ने खानेको व्यवस्था समेत बाबाले गर्दै आएका थिए । त्यति मात्र नभए गत बर्ष सम्पर्ण जोशीको छोरीको बिवाहको सम्पूण खर्चसमेत बाबाले व्यवस्थापन गरेको न्यायलय स्रोत बताउँछ । काठमाडौँको होटल मल्लमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा निवेदन दिएको बेलिज नेपालको रिटमा जोशीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी गरेका थिए ।  

सरकारले क्यासिनो सञ्चालनका लागि ०७० साउन १ गते क्यासिनो नियमावली बनाएको थियो । उक्त नियमावलीको नियम ३ मा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र नियम ४ मा इजाजतपत्र लिनुअघि प्रचलित कानुन बमोजिम कम्पनी सञ्चालन हुनुपर्ने उल्लेख छ । तर जोशीले यो सबै नियम पुरा नभएको देख्दा देख्दै अन्तिरिम आदेश दिएका थिए । बेलिजले मल्लसँग सरकारलाई बुझाउने रकम आफैँले तिरेर क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेपनि आज सम्म रकम भने चुक्ता गरेको छैन । 

Post a Comment

0 Comments