Subscribe Us

मिटरब्याजको कालो धनको ताकत ,
३० वर्षे हटाउन एआईजीको चलखेल

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती आरजु देउवाको उक्साहटमा लागेर प्रहरीमा भाँडैभैलो ल्याउन खोजेका छन् । 
२०४९ सालमा गृहमन्त्री छँदा ३० वर्षे सेवा अवधि लागू गराएका देउवा अहिले भने ३२ वर्षे अवधि लागु गराएर करोडौं पैसा कमाउन उद्दत भएका हुन् ।
 एआईजी हेमन्त पालले मिटरव्याजमा लगानी गर्ने ठूलो गिरोहबाट पैसा असुलेर आरजुलाई बुझाएका कारण देउवाले ३० वर्षे सेवा अवधि हटाएर ३२ पु-याउन खोजेको स्रोतको दावी छ । एचएमबी बैंकको ‘गुड फर पेमेन्ट’ घोटलका नाइके मनोज चौरासियासँग मिलेर मिटरब्याजमा लगानी गरी बद्नामी कमाएका पालले अहिले चौरासिया जस्तै केही ब्यक्तिहरुसँग पैसा असुलेर देउवा पत्नी आरजुलाई बुझाई प्रहरीमा रडाको मच्चाउन लागेका हुन् ।
 त्यस्तै अर्का एआईजी केशरीराज घिमिरेले पनि विरगञ्जका तस्कहरुसँग मोटो रकम असुली त्यहि रकम प्रयोग गरी ३२ वर्षे ल्याउन चलखेल गरिरहेका छन् । पाललाई एआईजी विजय भट्टले पनि सहयोग गरिरहेका छन् ।
 देउवाले आरजुकै डिजाइनमा लागेर गृह सचिव मोहनकृष्ण सापकोटालाई मंगलबार ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउन निर्देशन दिएका थिए । हाल नेपाल प्रहरीमा उमेर हद ५८ वर्ष र सेवा अवधि ३० वर्ष लागू छ २०७१ मा बनेको प्रहरी नियमावलीको १२७ को (घ) मा तीस वर्ष नोकरी अवधि पूरा भएपछि स्वतः अवकाश पाउने व्यवस्था छ । सो व्यवस्था अनुसार आईजीपी प्रकाश अर्यालसहित १६ एआईजीले चैत २९ गते अवकाश पाउँदैछन् ।
 सेवा अवधि हट्दा ती प्रहरी अधिकृतको कार्यकाल झण्डै तीन वर्ष बढ्ने हुँदा तल्लो तहका प्रहरीको बृत्ति विकासमा नकारात्मक असर पर्ने देखिन्छ । ३२ वर्षे सेवा अवधि पु¥याउँदा आइजीपी बन्ने लाइनमा रहेका डिआइजीद्धय सर्वेन्द्र खनाल र रमेश खरेललाई असर पर्नेछ । जसका कारण उनीहरु आईजीपी बन्न पाउँदैनन् । मुलुक संघीय संरचनामा गइरहेको अवस्था एकातिर छ भने अर्कातिर संसदबाट ऐन पारित नगरी हचुवाको भरमा ३० वर्षे सेवा अवधि हटाउन मिल्दैन ।
सर्वोच्च अदालतले समेत संसदबाट ऐन संसोधन गरेर मात्र प्रहरी नियमावली परिवर्तन गर्न यस अघि नै निर्देशन दिइसकेको छ । जसका कारण देउवाले पैसाको लोभमा लागेर ३० वर्षे सेवा अवधि हटाएको खण्डमा सर्वोच्चले त्यसलाई उल्ट्याउने निश्चित छ ।
यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Post a Comment

0 Comments