Subscribe Us

लखनउमा पक्राउ परेका बाहुनलाई खसी बजारमा भेटीयो भन्दै जेल हालीयो

‘असार ४ गते नेपाल प्रहरीले मलाई नियन्त्रमा लिने बित्तिकै आंखामा कालोपट्टी बांधेर ११ गते दिउसो सिंह दरबार अगाडी आईपुगेपछि मात्र खोले । , लागूऔषध हालेर नफसाउने र गोली नहान्ने शर्तमा भारतीय प्रहरीले मलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो तर याहां आएपछि मलाई लागूऔषध हालेर फसाईयो’ बाहुनले भने ।

काठमाडौं । लामो समयदेखि भूमिगत रुपमा असुली धन्दा चलाउँदै आएका रमेश बाहुन उर्फ सुजन पौडेल अन्तत: जेल चलान भएका छन् । असार ११ गते काठमाडौंको कलंकिस्थित खसी बजारमा २८.४ ग्राम खैरो
हिरोइनसहित पक्राउ परिएका भनिएका रमेश बाहुनलाई आईतबार जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएपछी उनलाई डिल्लीबजार सदरखोर चलान गरीएको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाले ३५ दिनको अनुसन्धानपछि गत बुधवार अदालतमा बाहुन बिरुद्धको अभियोग पेश गरेको थियो । बिहीवारबाट बाहुनको बयान सुरु गरेको अदालतले आईतवार धुनछेक आदेश गर्दै बाहुनलाई पुर्पक्षका लागी धुनामा राख्ने आदेश गरेको हो । बाहुन बिरुद्ध लागू औषध, अपहरण, हातहतियारका गरी ६ थान मुद्दा रहेको छ । ललितपूरका मिनकुष्ण महर्जनलाई गोली प्रहार गरेको आरोपमा ज्यानमार्ने उद्योग र हातहतियार खरखजना, मुद्दा ललितपूर अदातल र जिल्ला प्रशासन कार्यलयमा बिचारधिन अबस्थामा रहेको छ । प्रहरीले बाहुनलाई काठमाडौंबाट पक्राउ गरेको दाबी गरेर मुद्दा चलाएपनि बाहुनलाई प्रहरीले भारतस्थित उत्तर प्रदेशको लखनउबाट पक्राउ गरेको थियो । तर बाहुनलाई पक्राउ गरेको एक सातापछि महानगरिय प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि फरार रहेका डन बाहुन खसीबजारमा पैदल हिंडिरहेको अवस्थामा पक्राउ परेको दावी गरेको थियो । स्रोतका अनुसार कहिल्यै पैदल नहिड्ने बाहुनलाई हात हतियार तथा खरखजाना मुद्दामा लामो सजाय नहुने भएपछि रहस्यमय शैलीले २८.४ ग्राम खैरो हिरोइन र एक नल कटुवा बन्दुक तथा कम्मरको भागमा पाइन्टमुनी एक राउण्ड गोली लुकाएर राखेको अवस्थामा खसीबजारबाट पक्राउ गरिएको फर्जि बरामती मुजुल्का तयारपारी मुद्दा चलाएको थियो । सुक्रवार अदालत परिसरमा भेटीएका बाहुनले अपराध खबरसंग भने,‘ असार ४ गते नेपाल प्रहरीले मलाई नियन्त्रमा लिने बित्तिकै आंखामा कालोपट्टी बांधेर ११ गते दिउसो सिंह दरबार अगाडी आईपुगेपछि मात्र खोले ।’ ‘लागूऔषध हालेर नफसाउने र गोली नहान्ने शर्तमा भारतीय प्रहरीले मलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो तर याहां आएपछि मलाई लागूऔषध हालेर फसाईयो’ बाहुनले भने । । व्यापारीहरुलाई धम्काएर असुली धन्दा चलाउँदै आएका उनी प्रहरीको १ नम्बर हिट लिष्टमा थिए । एमाले नेता केपी ओली निकट मानिने उनको केही कांग्रेसका नेताहरुसँग समेत दोस्ती रहेको खुलेको छ । कपिलवस्तुका कांग्रेस नेता अमृत गुप्ताले बाहुनलाई संरक्षण दिदै आएका थिए भने रामेछापमा संविधानसभा निर्वाचनमा चुनाव हारेका एमालेका नेता कैलाश ढुंगेल र भक्तपुर वाइसीएलका नेता दिपक थापाले समेत संरक्षण दिने गरेको खुलेको छ । समाजवादी पार्टीका बिधायक सिंहका भाई मनोज सिंहमार्फत उनी लखनउमा लुक्दै आएका थिए । गुण्डागर्दीमै सक्रिय मनोज सिंहले नेपालमा पनि ठेक्कापट्टा चलाउँदै आएका छन् । उनीमार्फत नै डन बाहुनले शरण पाएका थिए । ‘दिल्ली प्रहरीको सहयोगमा प्रहरीले बाहुनको सबै फोन रेकर्ड गरेको थियो । जसमा ठूला नेतादेखि प्रहरी अधिकारीहरुले समेत उनलाई संरक्षण गरेको प्रष्ट हुन्छ ।’–स्रोतले भन्यो । त्यसकारण बाहुनलाई सहयोग गर्नेहरुको पोल खुल्ने भएपछि तिनीहरु बेचैन भएका छन् । स्रोतका अनुसार केही ठूला प्रहरी अधिकारीसम्म उनको नियमित सम्पर्क देखिएको छ । एमाले, कांग्रेसका नेता र काठमाडौंका केही डनहरुलाई समेत भारतबाट उनले नियमित फोन गर्दै आएका थिए । जसमा अदालतमा रहेको मुद्दाको सेटिङ मिलाएर अदालतमा उपस्थित हुन आउने बारे उल्लेखसमेत भएको थियो । गत माघ ४ गते ठेक्काको कमिसन नपाएपछि ललितपुरका डन मिनकृष्ण महर्जनले बाहुमाथि गोली चलाएको समेत अहिले आएर प्रहरी अनुसन्धानबाट खुलेको छ । महर्जनमा माथि पनि बाहुनको समूहले गोली प्रहार गरी फरार भएको थियो । बाहुनसँगै खोजीको सूचिमा रहेका दुर्गा राई भने भारतमै छन् । त्यसलगत्तै उनीहरुको खोजीमा प्रहरी सक्रिय भएपछि भारत भाग्न बाध्य भएका थिए । भारतमा समेत बाहुन बसेको घर पत्ता लगाएर एक महिनाको फोन रेकर्ड गरेर उनलाई प्रहरीले पक्राउ गरेको हो । केही समय अघि बाहुनले एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा नेपाल प्रहरीका दुई अधिकृतले ५० लाख रकम नदिए लागूऔषध हालेर फसाइदिने धम्की दिएको बताएका थिए । बाहुन नेपाली सेनाको रेन्जर तालिम लिएका भगौडा सैनिक हुन् ।




Post a Comment

1 Comments

  1. यो "चल बसे" भनेको के हो ? हाम्रा मिडियामा आत्मसम्मान, स्वाभिमान भन्ने चिज छ कि छैन ? किन धोतिको कट्टु भित्रको जुम्रा बन्न खोजेको ? यो "चल बसे" को नेपाली भाषामा कुनै शब्द छैन ? कि स्कुल पढ्दा यहि पाठ पढाउने दिनमा गुच्चा खेल्न गईको थियो ? बल्ल बल्ल यौटा राम्रो खबर सुन्न पाईएको थियो, हलुवामा बालुवा मिसाएर खान दिएको जस्तो भयो । वाहियात् !

    ReplyDelete